रात्रिकालीन विमानस्थलबाट दशैंभर बिहान साढे ४ बजेबाटै उडान हुने | Khabarhub Khabarhub

रात्रिकालीन विमानस्थलबाट दशैंभर बिहान साढे ४ बजेबाटै उडान हुने


१६ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बाढीपहिरोका कारण सडक यातायात अस्तव्यस्त हुँदा अहिले हवाइ यातायातमा यात्रुको चाप बढेको छ ।

देशभरका विभिन्न जिल्लामा जाने यात्रुको चाप जहाजमा बढेपछि सरकारले रात्रिकालीन उडान बढाउन लागेको छ । त्यसका लागि रात्रिकालीन उडान हुने सबै विमानस्थल बिहान साढे ४ बजेदेखि नै सञ्चालनमा ल्याइने भएको छ ।

आगामी असोज ३० गतेसम्म बाढीपहिरो तथा चाडपर्वमा घर जाने यात्रुको चापलाई धान्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले बिहान साढे ४ बजेदेखि उडान भर्न पाउने व्यवस्था मिलाएको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्री पाण्डेले बाढीपहिरो तथा चाडपर्वका कारण सिर्जित बढ्दो हवाइ चापलाई सम्बोधन गर्न यस्तो कदम चालिएको बताए ।

‘घटस्थापनादेखि दशैंको पूर्णिमासम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध र पोखरा अन्तराष्ट्रिय विमानस्थल लगायत रात्रिकालीन उडान हुने सम्पूर्ण विमानस्थल बिहान ४:३० बजेदेखि राति अपरेशन समय (आवश्यकता अनुसार थप हुने) सम्म सञ्चालनमा आउने व्यवस्था मिलाइएको छ’, उनले भने ।

देशभरका मुख्य राजमार्गसहित सडक पूर्वाधार क्षतविक्षत भएपछि दैनिक ५ सयभन्दा बढी आन्तरिक उडान भइरहेको छ ।

दसैँमा काठमाडौं छाड्ने ठूलो संख्याका यात्रुको चाप धान्ने गरी सबेरै बिहानदेखि विमानस्थलबाट उडान अनुमति दिइएको हो। मन्त्री पाण्डेले यस कदमलाई टिकटमा सहजता र भाडामा न्यूनताको वातावरण बनाउन चालिएको रुपमा ब्याख्या गरेका छन् ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ३ : १८ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका