बाढीपहिरोबाट भएको क्षतिप्रति साउदी राजपरिवारद्वारा दुःख व्यक्त « Khabarhub

बाढीपहिरोबाट भएको क्षतिप्रति साउदी राजपरिवारद्वारा दुःख व्यक्त


१६ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौ‌ं– साउदी अरेबियाका राजा सल्मान तथा प्रधानमन्त्रीसमेत रहेका साउदी राजकुमार मोहम्मद बिन सल्मान बिन अब्दुलाजिज अल साउदले नेपालमा वर्षाको बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेललाई पठाएको अलग–अलग दुई सन्देशमा नेपालले पुनःनिर्माणलाई तीव्र रुपमा अघि बढाउने विश्वास व्यक्त गर्दै साउदी अरबले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको सन्देशमा उल्लेख छ ।

यसैबीच, नेपालस्थित साउदी राजदूतावासले प्रकाशन गरेको सन्देशमा बाढीपहिरोमा परी कयौँ व्यक्तिको मृत्यु भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको उपचार तथा उद्धार र राहतमा नेपाल सरकार र जनताप्रति साउदी अरबको ऐक्यबद्धता रहने प्रतिबद्धता व्यक्त गरिएको छ । 

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ४ : ३६ बजे

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार