ब्रेकिङ स्टोरी

बन्दसत्र रोकिएपछि क्रान्तिकारीको सम्मेलनस्थलमा तोडफोड, ९८ वटा कुर्सी भाँचियो

By खबरहब

October 02, 2024

काठमाडौं- कीर्तिपुरमा जारी नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को जारी २३औँ राष्ट्रिय सम्मेलनको बन्दसत्र बुधबारसम्मलाई रोकिएपछि तनाव भएको छ ।

बन्दसत्र असोज १७ गते बिहान १० बजे फेरि सञ्चालन गर्ने गरी कीर्तिपुरस्थित अखिल क्रान्तिकारीको सम्मेलनस्थलमा तोडफोड गरिएको हो ।

असोज १० गते उद्घाटन भएको सम्मेलन उमेर हदको विषयमा विवाद बढेपछि अन्योलमा परेको छ । यस्तोमा बन्द सत्र नै स्थगित गरेर नेतृत्व चयन र उमेर हद विवाद मिलाउने जिम्मा पार्टीलाई दिएपछि असन्तुष्टहरूले तोडफोड गरेका हुन् ।

विवाद मिलाउन माओवादी केन्द्रले पार्टीका उपमहासचिव शक्ति बस्नेतलाई खटाए पनि उनी असफल भएका थिए । क्रान्तिकारीको सम्मेलनमा भद्रगोल भएपछि मंगलबार पनि तोडफोड र हानाहान भएको थियो ।

असन्तुष्ट समूहले राष्ट्रिय सम्मेलनस्थलमा राखिएका ९५ वटा प्लास्टिक कुर्सी भाँचेका छन् । त्यसैगरी त्रिभुवन विश्वविद्यालय कर्मचारी प्रशासन महाशाखा प्रमुखको कार्यकक्षका तीनवटा कुर्सी पनि भाँचिएको छ ।