अन्तर्राष्ट्रिय

कोशी फुटेपछि राहत लिएर गएको हेलिकप्टर आफैं बाढीमा डुब्यो

By खबरहब

October 02, 2024

काठमाडौं- भारतीय वायुसेनाको एउटा हेलिकप्टर बिहारको बाढीमा आपतकालीन अवतरणका क्रममा डुबेको छ ।

कोशी नदी बिहार राज्यको दरभंगामा फुटेर बस्तीमा पसेपछि भएको डुबानमा फसेका मानिसलाई राहत-सामग्री बाँड्न पुगेको हेलिकप्टर आफैं डुबेको हो ।

राहत लिएर पुगेको हेलिकप्टरमा प्राविधिक समस्या आएपछि पानीमै अवरण गर्ने क्रममा डुबेको हो।

An ALH helicopter of the #IAF, which was engaged in flood relief operations in the Sitamarhi sector in Bihar, executed a precautionary landing in inundated area due to a technical issue. All crew are reported to be safe, with no damage to civilian life or property reported. #IAF

— Indian Air Force (@IAF_MCC) October 2, 2024

यो घटना बिहार राज्यस्थित मुजफ्फरपुरको हो । बुधबार पानीमा वायुसेनाको हेलिकप्टर आपतकालीन अवतरणका क्रममा डुबेको हो।

समाचार अनुसार बुधबार दिउँसो बाढीपीडितलाई हेलिकप्टरबाट लगेर राहत बाँड्नुपर्ने थियो । त्यहीबेला हेलिकप्टरको एउटा ब्लेड भाँचिएको थियो । जसका कारण हेलिकप्टरलाई आपतकालीन अवतरण गराउनुपर्‍यो । यो अवतरण बाढीकै पानीमा गराउने क्रममा हेलिकप्टर डुबेको हो ।

इन्डिया टुडेका पत्रकार रोहित सिंहले गरेको रिपोर्टिङअनुसार घटना मुजफ्फरपुर जिल्लाको घनश्यामपुरमा भएको हो । यहाँ इन्डियन एयर फोर्सको हेलिकप्टर राहत बोकेर पुगेको थियो ।

राहत लिएर पुगेको हेलिकप्टरको पंखाको एउटा ब्लेड अचानक भाँचिन पुग्छ। त्यसपछि पाइलटले हेलिकप्टरलाई पानीमै उतारेका थिए । तर यो घटनामा कसैको ज्यान भने तलमाथि भएन।

स्थानीयबासीले तत्कालै डुंगा लगेर हेलिकप्टरमा सवार सबै जवान र पाइलटलाई बचाएका छन् । तर त्यही क्रममा केही स्थानीयले हेलिकप्टरबाट राहत सामग्री लिएर पनि भागेका छन् ।

बिहार औराई के मधुबन बेसी में हेलीकॉप्टर क्रैश, हेलीकॉप्टर में थे 4 लोग मौजूद सभी सुरक्षित हैं। #BiharFlood pic.twitter.com/B6qPdaCWAN

— SIDDHI KUMARI 🇮🇳 (@kumari_siddhi01) October 2, 2024