जनार्दन पक्षका विद्यार्थी भन्छन् : सम्मेलन बिथोल्न प्रचण्डकै भूमिका छ « Khabarhub

जनार्दन पक्षका विद्यार्थी भन्छन् : सम्मेलन बिथोल्न प्रचण्डकै भूमिका छ


१६ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


873
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु (अखिल क्रान्तिकारी)को २३ औँ राष्ट्रिय सम्मेलन स्थगित भएको छ । बिहीबारदेखि दसैँ सुरु भएको र देशभर बाढी पहिरोका कारण विशेष परिस्थिति सिर्जना भएकाले बन्दसत्र स्थगित गरिएको क्रान्तिकारीको अध्यक्षमण्डले जनाएको छ ।

बन्द सत्रमा छलफलको लागि प्रस्तावित विधान र प्रतिवेदन उपर छलफल जारी रहेको र विधान पारित भई पारित विधान बमोजिम निर्वाचन सम्पन्न गर्न समयको पर्याप्तताबारे पार्टीको निर्वाचन आयोगसँग परामर्श हुँदा समेत निर्वाचनको सबै प्रक्रिया पुरा गर्न दसैँ अगाडिको समय पर्याप्त नभएको प्राप्त सुझावलाई समेत मध्यनजर गरी निष्कर्षमा पुग्न अध्यक्ष मण्डलबिच व्यापक र गम्भीर छलफल हुँदा हाल जारी रहेको राष्ट्रिय सम्मेलन स्थगित गर्न उचित र श्रेयकर भएको निष्कर्षसहित हाललाई जारी सम्मेलन स्थगित गर्ने निर्णय गरेको बुधबार जारी गरेको जरुरी सूचनामा उल्लेख छ ।

उमेरहद लागू गर्ने या नगर्ने भन्ने विषयमा देखिएको विवाद समाधान नभएपछि सम्मेलन स्थगित गरिएको नेताहरूले बताएका छन् । अध्यक्षका प्रत्यासी पवन कार्कीले दसैसम्मलाई सम्मेलन स्थगित गरिएको जानकारी दिए।

यसअघि अखिल क्रान्तिकारीले बुधबारको बन्दसत्रलाई मात्रै स्थगित गर्दै बिहीबारदेखि सुरु हुने सूचना जारी गरेको थियो। तर, मुख्य विवादमै सहमति नजुटेपछि सम्मेलन स्थगित गरिएको कार्कीले बताए।

यता पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उममहासचिव जनार्दन शर्मा पक्षका विद्यार्थी नेताहरुले भने अध्यक्ष प्रचण्डले नै सम्मेलन स्थगित गराएको आरोप लगाएका छन् । आफ्नो टिमको मान्छे अध्यक्ष हुने छाटघाट नदेखेपछि प्रचण्डले नै विद्यार्थीहरूको सम्मेलन स्थगित गराएको उनीहरुको आरोप छ ।

शर्मा पक्षका विद्यार्थी नेताहरुले भनेका छन्, ‘यसअघि सम्मेलनको बन्दसत्र चलिरहेको बेला आफ्नो पक्षको उम्मेदवारले जित्ने अवस्था नदेखेर पार्टी पदाधिकारी बैठक बसी उमेर हदबन्दी लगाउन निर्देशन गरि पार्टी परिचालन गरिर स्वभाविक रुपमा चलिरहेको सम्मेलन भाजो हाल्ने काम गरियो । यसै प्रक्रियामा गइरहेको सम्मेलनलाई फेरी पनि उमेर हद लगाउँदा पनि आफ्नो पक्षका उम्मेदवारले जित्ने आधार नदेखेपछि अध्यक्ष प्रचण्डको नजिकका समुह परिचालन गरी सम्मेलन भाँडियो । सम्मेलनको हलमा प्रवेश गरि ढुङ्गामुढा गरियो गरि हातहतियार प्रदर्शन गरि अन्तिममा आएर सम्मेलन स्थगितको प्रपन्च रचिएको हो ।’

साथै उनीहरुले पार्टी निकट विद्यार्थी संगठनको भविष्य अन्योलमा धकेल्नका लागि पार्टी नेतृत्व नै लागि परेका आरोप समेत लगाएका छन् । शर्मा पक्षका उम्मेदवारले जित्ने आधार बलियो हुँदै गएपछि प्रचण्डले माओवादी आन्दोलन नै कम्जोर हुने गरि सम्मेलन भाँडेर गलत सन्देश प्रवाह गरेको उनीहरुको भनाइ छ ।

अखिल क्रान्तिकारीमा नेताहरुको उमेर हद २८, ३० वा ३२ वर्षे राख्ने भन्ने विवाद छ । उमेर हद लागु भएमा अहिले नेतृत्वको दाबी गरेका लगभग सबै नेताहरूको विद्यार्थी राजनीति समाप्त हुने बताइएको छ । आफ्नो राजनीतिक करिअर नै सकिने भएपछि धेरै सिनियर नेताहरू उमेर हदको विपक्षमा छन् ।

उमेर हदको विवादमा आपसमा कुर्सी हानाहानको अवस्था पनि सिर्जना भएको थियो । अहिले क्रान्तिकारीको अध्यक्षका लागि इन्द्र भुसाल, जिपी मैनाली, नरेश रेग्मी, पवन कार्की, मदन भुल, मदन भट्टराई, नारायण खनाल, क्षितिज सापकोटा, केशव रावल, तुकमान महरा, मिलन एमसी, लक्ष्मी जोशी, प्रवीण अधिकारी, सूर्यनारायण साह, दीपेश पुनसहितका दर्जनौँ नेता दौडमा थिए । महाधिवेशनमा २ हजार ३२३ प्रतिनिधि सहभागी थिए ।

याे पनि…

अखिल क्रान्तिकारीमा उमेर हदको अड्को : स्थगित गरियो बन्दसत्र, अब प्रचण्डले हस्तक्षेप गर्ने

बन्दसत्र रोकिएपछि क्रान्तिकारीको सम्मेलनस्थलमा तोडफोड, ९८ वटा कुर्सी भाँचियो

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  १० : ३४ बजे

निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौं – देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ

मध्यपूर्वको तनावले समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता

काठमाडौं – इजरायल–अमेरिका र इरानबीचको तनावले नेपालको समग्र अर्थतन्त्रमा नकारात्मक

खोटाङमा मतगणनास्थल निर्माण

खोटाङ – खोटाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनास्थल तयार पारेको

कैलालीमा दुई समूहबीच झडप : प्रहरीले गर्‍यो हवाइ फायर, १२ जना पक्राउ

धनगढी – कैलालीको धनगढी उपमहानगरपालिका–१३ मा मंगलबार साँझ दुई समूहबीच

गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले रामेछापमा सोमबार भएको सवारी दुर्घटनाका