हङकङ सिक्सेस : अस्ट्रेलियाविरुद्ध ब्याटिङ गर्दै नेपाल « Khabarhub

हङकङ सिक्सेस : अस्ट्रेलियाविरुद्ध ब्याटिङ गर्दै नेपाल


१७ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


540
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल हङकङ सिक्सेसको दोस्रो खेलमा अस्ट्रेलियासँग खेल्दैछ । एक खेल अगाडि क्वाटर फाइनल प्रवेश गरिसकेको नेपालले पूल ‘बी’ को अन्तिम खेल खेल्न लागेको हो ।

अस्ट्रेलियाले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको छ । पहिलो खेलमा इङल्याण्डलाई पराजित गरेको नेपाल उच्च मनोबलका साथ मैदानमा छ ।

पूल बी को दोस्रो खेलमा अस्ट्रेलियाले इङल्याण्डलाई पराजित गरेपछि नेपालको क्वाटरफाइनल निश्चित भएको हो । नेपालले क्वाटरफाइनलमा पूल ‘डी’ को श्रीलंका वा बंगलादेशसँग खेल्ने छ ।

पूल बी बाट अस्ट्रेलिया पनि क्वाटरफाइनलमा पुगेको छ भने इङल्याण्ड दुवै खेल हारेर बाहिरिएको छ । पूल बी को अन्तिम खेल नेपाल र अस्ट्रेलियाबीच हुन लागेको हो। सन्दीप जोराको कप्तानीमा नेपाल हङकङ गएको हो ।

 

प्रकाशित मिति : १७ कार्तिक २०८१, शनिबार  ६ : १६ बजे

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द