हङकङ सिक्सेस : अस्ट्रेलियाविरुद्ध ब्याटिङ गर्दै नेपाल « Khabarhub

हङकङ सिक्सेस : अस्ट्रेलियाविरुद्ध ब्याटिङ गर्दै नेपाल


१७ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


540
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल हङकङ सिक्सेसको दोस्रो खेलमा अस्ट्रेलियासँग खेल्दैछ । एक खेल अगाडि क्वाटर फाइनल प्रवेश गरिसकेको नेपालले पूल ‘बी’ को अन्तिम खेल खेल्न लागेको हो ।

अस्ट्रेलियाले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको छ । पहिलो खेलमा इङल्याण्डलाई पराजित गरेको नेपाल उच्च मनोबलका साथ मैदानमा छ ।

पूल बी को दोस्रो खेलमा अस्ट्रेलियाले इङल्याण्डलाई पराजित गरेपछि नेपालको क्वाटरफाइनल निश्चित भएको हो । नेपालले क्वाटरफाइनलमा पूल ‘डी’ को श्रीलंका वा बंगलादेशसँग खेल्ने छ ।

पूल बी बाट अस्ट्रेलिया पनि क्वाटरफाइनलमा पुगेको छ भने इङल्याण्ड दुवै खेल हारेर बाहिरिएको छ । पूल बी को अन्तिम खेल नेपाल र अस्ट्रेलियाबीच हुन लागेको हो। सन्दीप जोराको कप्तानीमा नेपाल हङकङ गएको हो ।

 

प्रकाशित मिति : १७ कार्तिक २०८१, शनिबार  ६ : १६ बजे

रसुवा बाढीपछि प्रधानमन्त्रीले बोलाए विपद्को आपतकालीन बैठक

काठमाडौं– भोटेकोशी नदीमा बाढी आएपछि प्रधानमन्त्रीले आपतकालीन बैठक बोलाएका छन्

नारायणी नदीको तटीय क्षेत्रमा सतर्क रहन माइकिङ गर्दै प्रहरी

काठमाडौं– रसुवामा आएको बाढीका कारण त्रिसुली हुँदै नारायणी नदीको बहाव

रसुवामा आकस्मिक बाढीले जलविद्युत आयोजनाहरूमा ठूलो क्षति

काठमाडौं– रसुवा जिल्लामा आएको आकस्मिक बाढीका कारण जनधनको अपूरणीय क्षति

भोटेकोसी बाढी : खोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

काठमाडौं– भोटेकोसीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा विपद् व्यथापनका लागि नेपाली

रसुवा बाढी प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपील

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवामा अप्रत्यासित र आकस्मिक