साहित्यकार चालिसेलाई ‘व्यथित साहित्य सम्मान’ प्रदान गरिने « Khabarhub

साहित्यकार चालिसेलाई ‘व्यथित साहित्य सम्मान’ प्रदान गरिने


१७ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साहित्य सदन नेपालले साहित्यकार केदारमान व्यथितको नाममा स्थापित यस वर्षको ‘व्यथित साहित्य सम्मान’ साहित्यकार विजय चालिसेलाई प्रदान गर्ने भएको छ । 

चालिसे विभिन्न साहित्यक संस्थामासमेत सक्रिय छन् । रमेश विकलको सम्झनामा स्थापित प्रतिष्ठानमा उनी महासचिव र भैरव अर्यालको नाममा स्थापित भैरव पुरस्कार गुठीमा उपाध्यक्ष हुन् ।

उनका दर्जनौँ साहित्यिक कृति प्रकाशित भइसकेका छन् । हालै उनको वैदिक दर्शनमा आधारित ‘युगसन्धि’ उपन्यास सार्वजनिक भएको छ ।

यही कात्तिक ३० गते महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय १६ औँ जन्मजयन्ती तथा कवि केदारमान व्यथितको जन्मजयन्तीका अवसर पारेर आयोजना गर्न लागिएको कार्यक्रममा उक्त सम्मान अर्पण गरिने सदनले जनाएको हो । 

गत वर्ष यो सम्मान प्रा अभि सुवेदीलाई प्रदान गरिएको थियो ।

प्रकाशित मिति : १७ कार्तिक २०८१, शनिबार  १ : ४७ बजे

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले