‘सिंघम अगेन’ र ‘भूल भुलैया ३’ को शानदार सुरुवात « Khabarhub

‘सिंघम अगेन’ र ‘भूल भुलैया ३’ को शानदार सुरुवात


१७ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउडका दुई चर्चित फिल्म ‘सिंघम अगेन’ र ‘भूल भुलैया ३’ ले पहिलो दिन शानदार कमाई गरेको छ । शुक्रबारदेखि विश्वभर रिलिज भएका दुवै फिल्मले भारतीय बक्स अफिसमा पहिलो दिन शानदार कमाई गरेका हुन् ।

बलिउड फिल्म विश्लेषक तरण आदर्शका अनुसार सिंघम अगेनले पहिलो दिन ४३ करोड ७० लाख कमाई गरेको छ भने भुल भुलैया-३ ले ३६ करोड ६० लाख कमाई गरेको छ ।

त्यस्तै सिंघम अगेन अजय देवगनको क्यारियरमा रिलिजको पहिलो दिन सबैभन्दा बढी कमाई गर्ने फिल्म बनेको छ । उनको यसअघि रिलिज भएको सिंघम रिटर्नले पहिलो दिन ३२.०९ करोड कमाई गरेको थियो ।

त्यसैगरी भुल भुलैया-३ कार्तिक आर्यनका फिल्मले रिलिजको पहिलो दिन गरेको यो अहिलेसम्मकै उच्च कमाई हो । यस अघि उनको भुल भुलैया-२ ले पहिलो दिन १४.११ करोड कमाई गरेको थियो ।

सिंघम अगेन निर्देशक रोहित शेट्टीको सफल फ्रेन्चाइज हो भने भुल भुलैया-३ अनिस बज्मीले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : १७ कार्तिक २०८१, शनिबार  ६ : १४ बजे

प्रि ओपन सेसन : झिनो अंकले घट्यो नेप्से

काठमाडौं– साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक

केन्द्रीय कमिटी बैठक बोलाएको डेढ घण्टापछि भृकुटीमण्डपमा अध्यक्ष ओली

काठमाडौं – नेकपा (एमाले)को ११ औँ महाधिवेशनको बन्दसत्र रोकेर केन्द्रीय

शिवपुरीमा हराएका तीन जनालाई सेनाले गर्‍यो उद्धार

काठमाडौं – काठमाडौंको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र हराएका तीन जनालाई

निरज र जेनिशालाई स्केटिङ उपाधि

काठमाडौं – रुकुमकोटमा पहिलो पटक आयोजना भएको इनडोर स्केटिङ प्रतियोगिताको

पञ्चेबाजा बजाउने परम्परागत चलन हराउँदै

भोजपुर– आधुनिक बाजाको आगमनसँगै परम्परागत रूपमा बजाइने नेपालको लोकसंस्कार र