चितवनका लागि कुशलले लिए तेस्रो विकेट : पाँचौ ओभरमा काठमाडौंले तीन विकेट गुमायो « Khabarhub

चितवनका लागि कुशलले लिए तेस्रो विकेट : पाँचौ ओभरमा काठमाडौंले तीन विकेट गुमायो


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शनिबारदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपिएल)मा अहिले काठमाडौँ गुर्खाज र चितवन राइनोज प्रतिस्पर्धा गर्दैछन्। चितवनले टस जितेर सुरुमा फिल्ड रोजेको छ। खेलको पाँचौ ओभरमा चितवनले तीन विकेट लिएको छ। चितवनमा मार्की खेलाडी कुशल मल्लले चौथो ओभरको पाँचौं बलमा तेस्रो विकेट लिएका हुन्।

यसअघि तीन ओभर ४ बलमा सोहेल तनवीरले व्यक्तिगत दोस्रो विकेट लिएका थिए। खेलको दोस्रो ओभरमा चितवनले काठमाडौंले पहिलो विकेट गुमाएको थियो। तनवीरले पहिलो बलमै विकेट लिएर चितवनलाई सफलता दिलाएका थिए।

काठमाडौंले पहिलो विकेटको रुपमा स्टेफेन इस्कीनाजीलाई चार बलमा दुई रन बनाउँदा दोस्रो विकेटको रुपमा नेदरल्याण्ड्सका माइकल लेभिटलाई १६ बलमा २५ रन बनाउँदा गुमाएको हो। उनले चार चौका र १ छक्का हिर्काए। तेस्रो विकेटको रुपमा कुशलले काठमाडौंका जेरार्ड इरासमसलाई चार बलमा चार रन बनाउँदा आउट गरेका हुन्।

यी दुवै टोली बागमती प्रदेशअन्तर्गतकै टोली हुन्। काठमाडौँ स्पोर्ट्स डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको काठमाडौँ गुर्खाजको मार्की खेलाडीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसी छन्। उनीसँग विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूको राम्रो अनुभव छ।

काठमाडौँ गुर्खाजमा करणसँगै राष्ट्रिय टोलीबाट खेलिसकेका भीम सार्की र साहब आलम छन्। यस्तै यु–१९ बाट खेलेका दीपेश कँडेल तथा अन्य खेलाडीमा रासिद खान, कृष्ण कार्की, सुमित महर्जन, शङ्कर राना, राजु रिजाल, प्रतीक श्रेष्ठ र विवेक केसी छन्।

त्यसैगरी काठमाडौँ गुर्खाजमा पाँच विदेशी खेलाडी छन्। नामिबियाका कप्तान जेरार्ड इरासमस, नेदरल्याण्ड्सका माइकल लेभिट, इंग्ल्यान्डका स्टेफेन इस्कीनाजी, डान डौथवेट र नाथन सोटर यसैटोलीबाट खेल्दै छन्।

चितवन राइनोजका मार्की खेलाडी नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल मल्ल हुन्। उनीसँग पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेलेको अनुभव छ।

चितवन राइनोजमा मल्लसहित, अमरसिंह रौतेला, विपिन रावल, दीपक बोहरा, दिपेश श्रेष्ठ, गौतम केसी, कमलसिंह ऐरी, रञ्जितकुमार, रिजन ढकाल, सन्तोष कार्की, शरद भेस्वाकर छन्। त्यस्तै, विदेशी खेलाडी रवि बोपरा, मर्साडी लङ्गा, ल्यूक मार्टिन बेनकेन्स्टाइन, हसन इसाखिल, जान निकोल लोफ्टी–इटन पनि यसैटोलीबाट खेल्दैछन्।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ९ : ३४ बजे

देश विकासका लागि श्रमदान अपरिहार्य : हर्क साम्पाङ 

धरान – देशको दिगो विकासका लागि श्रमदान अपरिहार्य भएको श्रम

चितवनविरुद्ध जनकपुरका माज सदाकतको अर्धशतक

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको पहिलो

नवलपुरमा धान उत्पादन बढ्यो

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)नवलपुरमा धान उत्पादनमा वृद्धि भएको छ । 

लुम्बिनी र रामग्राममा ‘विश्व शान्ति कार्यक्रम’ आयोजना हुने

काठमाडौं– लुम्बिनी र रामग्राममा तेस्रो संस्करणको ‘विश्व शान्ति कार्यक्रम’ आयोजना

कुशलले छक्का हानेको बलले लागेर घाइते भइन् चियर लिडर

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को मंगलबार भएको खेलमा चितवन