स्थानीय तहका ३७ स्थानको मतपरिणाम : कांग्रेस पहिलो, माओवादी दोस्रो, एमाले तेस्रो « Khabarhub

स्थानीय तहका ३७ स्थानको मतपरिणाम : कांग्रेस पहिलो, माओवादी दोस्रो, एमाले तेस्रो

कीर्तिपुरसहित चार तहको परिणाम आउन बाँकी


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको मतगणना भइरहेको छ। निर्वाचन आयोगले हालसम्म ३७ स्थानको परिणाम सार्वजनिक गरेको छ।

यस परिणामअनुसार कांग्रेस १६ वडा जितेर पहिलो स्थानमा छ। कांग्रेस कीर्तिपुर नगरपालिकामा पनि अगाडि छ।

नेकपा (माओवादी केन्द्र) एउटा गाउँपालिका अध्यक्ष, एउटा उपाध्यक्षसहित र ६ वटा वडा जितेर दोस्रो स्थानमा छ।

नेकपा (एमाले)ले हालसम्म एउटा अध्यक्ष, एक उपाध्यक्षसहित पाँच वटा वडा जितेको छ ।

जनता समाजवादी पार्टी नेपालले मधेस प्रदेशका दुई ठाउँका वडाध्यक्ष जितेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी, स्वतन्त्रले एक-एक स्थानमा जित निकालेका छन् ।

कांग्रेसले जितेका ठाउँ

नगेन्द्र लिम्बू, लालीगुराँस नगरपालिका-८ तेह्रथुम
तेतर साहु, गढी गाउँपालिका-६ सुनसरी
शेख अब्दुल खलिक, ईशनाथ नगरपालिका-७ रौतहट
समसे आलम, राजपुर नगरपालिका-६ रौतहट
इच्छाकुमार महर्जन, कीर्तिपुर नगरपालिका-१
राजेन्द्र बानियाँ, कीर्तिपुर नगरपालिका-४
अर्जुनप्रसाद तिवारी, हेटौंडा-१२, मकवानपुर
आनन्द श्रेष्ठ, गुल्मीको मुसिकोट-१
भूपमणि पुन मगर, रुन्टीगढी गाउँपालिका-४ रोल्पा
अमिन थारु, ठाकुरबाबा नगरपालिका-४ बर्दिया
खम्बबहादुर सिंह, कुशे गाउँपालिका-७ जाजरकोट
मोतिराम खत्री, सानीभेरी गाउँपालिका-५ रुकुमपश्चिम
धिरेन्द्र पुजारा, सूर्मा गाउँपालिका-४ बझाङ
मोहन थापा, पुर्वीचौकी गाउँपालिका-६ डोटी
धनसिंह कुँवर, दुहु गाउँपालिका-५ दार्चुला
प्रकाश चन्द, भीमदत्त नगरपालिका-६ कञ्चनपुर

एमालेबाट निर्वाचित

कुमारी सावादेन, सिरिजंघा-३ ताप्लेजुङ
गंगाबहादुर तामाङ, मोलुङ गाउँपालिका अध्यक्ष, ओखलढुंगा
सकिबुल खाँ, रामगोपालपुर नगरपालिका-२ महोत्तरी
मोहम्द ताहिर मुसलमान, शुद्धोधन गाउँपालिका-१ कपिलवस्तु
लालबहादुर शाही, दुल्लु नगरपालिका-१३ दैलेख
जंगबहादुर शाही, महाबु गाउँपालिका अध्यक्षमा दैलेख
सुलोचना भण्डारी, स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष, बाजुरा

माओवादी केन्द्र विजयी

नवीनकुमार बान्तवा राई, त्रियुगा नगरपालिका-१२ उदयपुर
सुनिल कापर केवट, धनुषाधाम नगरपालिका-१ धनुषा
कृष्ण घिमिरे, ककनी गाउँपालिका-२ नुवाकोट
विष्णुबहादुर मगर, गोरखा नगरपालिका-५ गोरखा
जगत घर्ती, पुथा उत्तरगंगा-२ रोल्पा
नमोनारायण माझी, ग्रामथान गाउँपालिका अध्यक्ष, मोरङ
देवका लामिछाने, नलगाड नगरपालिका उपमेयर, जाजरकोट
नरबहादुर झाँक्री, त्रिपुरासुन्दरी नगरपालिका-५ डोल्पा

जसपा नेपाल

धीरेन्द्रकुमार साह, डाक्नेश्वरी-१, सप्तरी
देवेन्द्रप्रसाद यादव, डाक्नेश्वरी-४, सप्तरी

राष्ट्रिय स्वतन्त्र पार्टी

रोजिना श्रेष्ठ, काठमाडौं-१६

एकीकृत समाजवादी

बजरंगीप्रसाद यादव, गढीमाई नगरपालिका-८ रौतहट

नेमकिपा

खड्गराज शाही, तिलागुफा नगरपालिका-४ कालिकोट

स्वतन्त्र

लक्ष्मीप्रसाद ओली, कन्काई नगरपालिका-६ झापा

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  १ : ३९ बजे

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड