बेलका–९ : बदर मतको विवादले रोकिएको मगणना अझै सुरु भएन « Khabarhub

बेलका–९ : बदर मतको विवादले रोकिएको मगणना अझै सुरु भएन


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


786
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बेलका नगरपालिका–९ मा भएको वडा अध्यक्षको उपनिर्वाचनको मतगणना रोकिएको छ । ५०० मत गणना गर्दा २२० मत बदर भएपछि गणना रोकिएको थियो।

समान्य मसि लागेको मत पनि गणना गर्ने कि नगर्ने भन्ने विषयमा उम्मेदवारहरुबीच सहमति नजुटेपछि मतगणना रोकिएको हो ।

बेलाका ४ का वडा अध्यक्ष तीर्थ अधिकारीका अनुसार आईतबार रातीबाट मतगणना रोकिएको छ । ४ पटक उम्मेदवारहरु सहितको सर्वदलिय बैठक बस्दा पनि सहमति जुट्न सेकेको छैन ।

उदयपुरका निर्वाचन अधिकृत दीपक दाहालको टोलीसहित बसेको बैठकमा पनि सहमति जुट्न नसकेपछि पुनः सर्वदलिय बैठक बस्ने तयारी रहेको छ । ५०० मत गणना हुँदा एमालेको ८५, माओवदीको ८०, कांग्रेसको ६२, जसपाको २६, रास्वपाको १९, राप्रपाको ८ र मंगोल नेसनलको एक पनि भोट आएको छैन ।

बेलका–९ मा नेपाली कांग्रेसका नवराज बस्नेत(नविन), एमालेका मोहन खड्का, माओवादी केन्द्रका भरत घिमिरे, जसपाबाट राजकुमार राई, रास्वपाबाट तेजमान बिक, राप्रपाबाट टिकाराम फयाल र मंगोल नेसनलबाट सुरे तामाङ उम्मेदवार छन् ।

बोलका–९ मा आम निर्वाचनमा कांग्रेसका पदम खड्का वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनको सवारी दुर्घटनामा मृत्यु भएपछि उपनिर्वाचन भएको हो । उदयपुरको त्रियुगा नगरपालिका १२ मा भने माओवादी केन्द्रका नवीन वान्तवा राई निर्वाचित भईसकेका छन् ।

राईले ९२३ मत ल्याएर विजय भएका छन् । त्रियुगा–१२ मा २०७९ को आम निर्वाचनमा नेपाली कांग्रेसका चुडाराज काफ्ले निर्वाचित भएको थिए । उनको सवारी दुर्घटनामा मृत्यु भएपछि उपनिर्वाचन भएको थियो ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  २ : ०६ बजे

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्

निर्माण गरेको दुई वर्षमै पुल जोखिममा

बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका–९ स्थित मुक्त कमैया बस्ती जोड्ने

जडीबुटी संकलन गर्न जाँदा बेपत्ता भएकाहरू भेटिए

हुम्ला । जडीबुटी सङ्कलनका लागि हिमाली भेग पुगेपछि एक सातादेखि

सुत्केरी व्यथाले च्यापेकी उत्तरी गोरखाकी एक महिलालाई हेलिकप्टरबाट उद्धार

गोरखा । गोरखाकी एक गर्भवती महिलालाई निर्धारित मितिभन्दा १३ दिनअघि