अनिलको अर्धशतकमा कर्णालीमाथि जनकपुरको सहज जीत | Khabarhub Khabarhub

अनिलको अर्धशतकमा कर्णालीमाथि जनकपुरको सहज जीत


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली प्रिमियर लिग अन्तर्गतको खेलमा कर्णाली याक्सविरुद्ध जनकपुर बोल्ट्सले ८ विकेटको जित निकालेको छ । कीर्तिपुर मैदानमा कर्णालीले दिएको १४२ रनको लक्ष्य जनकपुरले १५ दशमलव १ ओभरमा सहजै पूरा गरेको हो ।

जनकपुरको जीतका लागि कप्तान एवम् ओपनर अनिल शाहले अर्धशतक पूरा गरेका छन् । उनले अविजित ६३ रन प्रहार गरेका थिए । ४२ बलमा उनले ३ छक्का र ६ चौका प्रहार गरे । टिमको सार्वाधिक रन बनाउने पनि उनै हुन् ।

त्यस्तै अर्का ओपनरले पनि उत्कृष्ट सुरुवात गरेका थिए । २ छक्का २ चौकाको मद्दतमा उनले २९ बलमा ३६ रन जोडे । देव खनालले उनलाई मौसम ढकाल मार्फत क्याच आउट गराए ।

लाहिरू मिलन्थाले टिमको जितका लागि २४ रनको जोडे । १३ बल खेलेका उनले २ छक्का र २ चौका प्रहार गरे । जेम्स नीशमले अविजित १६ रन जोडे । ८ बलमा उनले २ चौका र १ छक्का प्रहार गरे ।

कर्णालीका लागि जिशान मकसूदले १ विकेट लिए ।

यो जनकपुरको दोस्रो जित हो । उद्घाटन खेल अर्थात् शनिबार भएको पहिलो खेलमा जनकपुरले विराटनगर किङ्ग्सलाई ८ विकेटले पराजीत गरेको थियो ।

यसअघि निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै कर्णालीले जनकपुरविरुद्ध १४१ रन जोडेको थियो ।

सुरुवाती क्रमका ब्याटर नचल्दा संकटमा परेको कर्णालीलाई गुलशन झा, अर्जुन घर्ती र सोमपाल कामीले उकासेका हुन् । कर्णालीका अनुभवी र महँगा ब्याटर ओपरन शिखर धवन १४ बलमा १४ रन जोडेर पवेलियन फर्किए । ३ चौका प्रहार गरेका उनलाई जनकपुरका हर्श थाकरले बोल्ड गरे ।

अर्का ओपनर देव खनाल पनि ललित राजवंशीको बलमा बोल्ड भए । ५ बल खर्चेर उनले १ रन मात्रै जोडे । बाबर हायतले २५ बल खर्चेर १२ रन जोडे । उनले चौका र छक्का प्रहार गर्न सकेनन् ।

१३ दशमलव २ ओभरमा ६ विकेटको क्षतिमा ७९ रनको दयनीय अवस्थामा पुगेको कर्णालीलाई गुलशन झा, अर्जुन घर्ती र सोमपाल कामीले उकासे । गुलशनले ३ छक्का र १ चौका प्रहार गरे । उनी पनि २७ बलमा ३६ रन जोडेर किशोर महतोको बलमा बोल्ड भए ।

२ चौका र २ छक्काको सहयोगमा अर्जुनले ३३ रन जोडे । २२ बल खेलेका उनी रन आउट भए । सोमपालले १३ बलमा २९ रन जोडे । उनले १ छक्का र ३ चौका हिर्काए ।

जनकपुरका लागि मोहम्मद मोहसिनले सर्वाधिक दुई विकेट लिए । जेम्स निशम, किशोर महतो, ललित राजवंशी र हर्श थाकर समान एक-एक विकेट लिए ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ४ : ०४ बजे

बान्टमवेट च्याम्पियन जितेर आइपुगे रवीन्द्र (तस्बिरहरू)

काठमाडौं- म्याट्रिक्स फाइट नाइट (एमएफए १७) मा बान्टमवेट च्याम्पियन जितेका

बुद्धका कारण नेपाल विश्वभर चिनिएको छ : मन्त्री पाण्डे

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले बुद्ध जन्मिएका

बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु

तनहुँ– म्याग्दे गाउँपालिका-१ गुणादीस्थित सडकमा दमौलीबाट थर्पुतर्फ आउँदै गरेको बा.१३ च ६७७८

तनहुँबाट छ जना जुवाडे पक्राउ

तनहुँ– भानु नगरपालिका-१ बस्ने ५८ वर्षीय कर्ण बहादुर गुरूङको घरमा जुवातास

नेप्से परिसूचकमा दोहोरो अंकको सुधार

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको