भरतपुर-देवघाट जोड्ने ठिमुरा पुल सञ्चालनको तयारी « Khabarhub

भरतपुर-देवघाट जोड्ने ठिमुरा पुल सञ्चालनको तयारी


१८ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

नारायणगढ– पवित्र धार्मिकस्थल देवघाटलाई मोटरबाटोसँग जोड्ने उद्देश्यका साथ निर्माण थालिएको भरतपुरको ठिमुराबाट तनहुँको घिनटार जोड्ने त्रिशूली नदीमाथिको ठिमुरा पुल सञ्चालनको अन्तिम चरणमा पुगेको छ ।

देवघाटमा लाग्ने माघे सङ्क्रान्ति मेलालाई लक्षित गरी पुल सञ्चालनमा आउन लागेको हो। विसं २०७१ कात्तिकमा ठेक्का सम्झौता भई निर्माणकार्य सुरु गरिएको पुल निर्माणका क्रममा पटक-पटक प्राविधिक समस्या आउँदा निर्माणकार्य ढिला हुनपुगेको थियो । 

सडक डिभिजन भरतपुरका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहका अनुसार हाल पुल निर्माणको काम ९८ प्रतिशत सम्पन्न भएको छ । 

उनले माघे सङ्क्रान्ति मेलालाई लक्षित गरी पुल सञ्चालन हुनुपर्ने स्थानीय र सम्बन्धित सरोकारवालाको माग भएको हुँदा यही महिनाको अन्तिम सातामा सञ्चालन गर्ने तयारी गरिरहेको बताए । 

उनले बीचमा बजेटका कारणले काममा केही ढिला हुन पुगेको बताएका छन् । केही दिनअघि मात्र गत आर्थिक वर्षको रु दुई करोड ९० लाख रकम भुक्तानी भएको हुँदा बजेटमा सहजता मिलेको उनको भनाइ छ । ‘अब ठेकेदारलाई रु दुई करोड भुक्तानी गर्न बाँकी छ’, उनले भने, ‘पुल निर्माणका लागि संशोधित लागत रु २१ करोड ५० लाख हो, सबै काम सम्पन्न गर्दा रु डेढ करोड बजेट थप गर्नुपर्ने देखिन्छ ।’

ठेक्का सम्झौता भएको मितिले तीन वर्षमा सम्पन्न गर्नेगरी इलाइट, एड्भेन्जर र इन्द्रेणी जेभी भरतपुरले पुल निर्माणको जिम्मा लिएको थियो ।  निर्माण भइरहेको समयमा विसं २०७७ चैत २४ गते पहिलोपटक निर्माणाधीन पुल भत्किएको थियो । दोस्रोपटक २०७९ साल वैशाखमा भत्किएको थियो ।

तीनवटा पक्की स्पान र नदीको बहाव क्षेत्रमाथि ८० मिटर लम्बाइको स्टिल संरचना गरी दुई सय २० मिटर लम्बाइको पुल बनेको शाहले जानकारी दिए ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  २ : ०७ बजे

थापाथलीस्थित बागमती नदी किनारामा बनेको पार्क (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिकाले थापाथलीस्थित बागमती करडोरस्थित नदी किनारमा निर्माण गरेको

मन्त्रीलाई बञ्चरे डाँडाबासीको चुनौती- ‘जग्गा दिन्छौं, हामीसँगै बस्न सक्नुहुन्छ ?

२० वर्षदेखि ककनी, धुनीबेसी र बेलकोटगढीका स्थानीय ‘स्वच्छ वातावरणमा बाँच्न

एउटा कर्मचारीको भरमा बलेवा विमानस्थल

बागलुङ– बागलुङको बलेवा विमानस्थलमा २०७५ सालयता कुनै पनि जहाज आउन

मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार, ६२ करोड ८२ लाख बढीको बिक्री

मुस्ताङ– मुस्ताङको पाँच स्थानीय तहमा ६२ करोड ८२ लाख ३५

नेपाल भारत-सांस्कृतिक सम्बन्धको अटुट आधार

नेपाल र भारतबीच परम्परागत एवं बहु आयामिक सम्बन्ध रहिआएको छ