प्रधानमन्त्री सहायता कोषमा २८ करोड सङ्कलन « Khabarhub

प्रधानमन्त्री सहायता कोषमा २८ करोड सङ्कलन


१८ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जाजरकोट भूकम्पप्रभावितका लागि सञ्चालित प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा रु २८ करोड रकम सङ्कलन भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टका अनुसार कोषमा आजसम्म विभिन्न संस्था तथा व्यक्तिबाट कूल रु २७ करोड ९१ लाख ८९ हजार आठ सय ९९ जम्मा भएको छ ।

उनले कूल एक सय १७ भन्दाबढी सङ्घसंस्था तथा व्यक्तिबाट उक्त रकम जम्मा भएको जानकारी दिए । गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प भएको थियो ।

उक्त भूकम्पबाट ६७ हजार बढी परिवार प्रभावित भएका छन् । भूकम्पप्रभावित क्षेत्रमा सरकारको सहयोगमा अस्थायी आवास निर्माण गर्ने क्रम जारी छ ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  ९ : ३५ बजे

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।

पशुपति क्षेत्रमा गरियो पाँचौँ हप्ताको सफाइ

काठमाडौं – आराध्यदेव भगवान् श्री पशुपतिनाथ विराजमान भएका पशुपति क्षेत्रमा

नयाँपुल-घान्द्रुक सडक अवरुद्ध, सिक्लेस तीन दिनपछि खुल्यो

कास्की – केही दिनयताको अविरल वर्षाका कारण कास्कीका दुई प्रमुख