भूतपूर्व ब्रिटिस गोर्खाबारे हुने वार्तालाई निष्कर्षमा पुर्‍याउन संसदीय समितिको निर्देशन « Khabarhub

भूतपूर्व ब्रिटिस गोर्खाबारे हुने वार्तालाई निष्कर्षमा पुर्‍याउन संसदीय समितिको निर्देशन


२० फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले भूतपूर्व ब्रिटिस गोर्खा सैनिकको मागका विषयमा हुने वार्तालाई यथाशीघ्र निष्कर्षमा पुर्‍याउन सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा आइतबार बसेको समिति बैठकले भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरुले लामो समयदेखि उठाएका न्याय र समानताका मागहरु सम्बोधनका लागि बेलायती र नेपाली पक्ष संलग्न भइ गठन भएका द्विपक्षीय र प्राविधिक समितिमार्फत् हुने वार्ताहरुलाई यथाशीघ्र निष्कर्षमा पुर्‍याउनका लागि आवश्यक पहल गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको हो ।

समितिले यसबारे दिइएका अघिल्ला निर्देशनहरु यथाशीघ्र कार्यान्वयन गरी समितिलाई जानकारी गराउन पनि मन्त्रालयलाई निर्देशन दिएको छ । बैठकमा परराष्ट्रमन्त्री एनपी साउदले बेलायती र नेपाली पक्ष संलग्न भइ गठन भएका समितिमार्फत् ब्रिटिस गोर्खा सैनिकको मागमा गम्भीर छलफल भएको जानकारी दिए । न्यायोचित माग सम्बोधनका लागि नेपालले निरन्तर दबाब दिइरहेको भन्दै उनले समान पेन्सनका विषयमा निष्कर्ष आउन बाँकी रहेको उल्लेख गरे ।

बैठकमा ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति युके नेपालका पदाधिकारीहरुले त्रिपक्षीय सम्झौता अनुसार भर्ना भएका ब्रिटिस गोर्खाहरु विभेदमा परेको, आधारभूत मानव अधिकार हनन भएको उल्लेख गरेका थिए । उनीहरुले आफूहरुमाथि अन्याय भएको भन्दै सरकारले न्याय दिनुपर्ने जिकिर गरे ।

बैठकमा समिति सदस्यहरुले लामो समयदेखि भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरुले राखेका माग पूरा गर्न सरकारले गम्भीर भएर छलफल गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  ४ : ०९ बजे

जुम्लाका स्थानीय तहले प्यानकार्ड र करसम्बन्धी सेवा दिन सकेनन्

जुम्ला – सरकारले स्थायी लेखा नम्बर प्रमाणपत्र (प्यान कार्ड) स्थानीय

भारत सरकारको सहयोगमा विद्यालय भवन निर्माण गरिँदै

काठमाडौं – झापाको गौरादह नगरपालिका–१ स्थित जनता माध्यमिक विद्यालयको भवन

चन्द्रगढी महिला गोल्डकप : एपिएफ सेमिफाइनलमा

झापा – मेची रङ्गशालामा जारी प्रथम ‘ओमसाई पाथिभरा चन्द्रगढी महिला

मदन भण्डारी राजमार्ग : झापा, मोरङ र सुनसरीमा पुल निर्माण गरिँदै

झापा – राष्ट्रिय गौरवको आयोजनाको मदन भण्डारी राजमार्गअन्तर्गत पूर्वीखण्डमा पुल

गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता तनहुँमा हुने

तनहुँ – जिल्ला खेलकुद विकास समिति तनहुँको सदरमुकाम दमौलीमा गण्डकी