लुम्बिनीमा अन्तर्राष्ट्रिय त्रिपिटक वाचन सुरु « Khabarhub

लुम्बिनीमा अन्तर्राष्ट्रिय त्रिपिटक वाचन सुरु


२० फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी- बुद्ध जन्मस्थल लुम्बिनीमा आइतबारदेखि तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन सुरु भएको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले एक समारोहकाबीच तीन दिने त्रिपिटक पाठको उद्घाटन गरेका हुन् ।

अखिल नेपाल भिक्षु महासंघको आयोजना तथा लुम्बिनी विकास कोषसहित विभिन्न संस्थाको सहआयोजनामा लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा त्रिपिटक वाचन सुरू गरिएको हो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रधान तथा गहृमन्त्री श्रेष्ठले बुद्धको शिक्षा आधुनिक विज्ञानले समेत आत्मसाथ गरेको बताउँदै विश्वभर अन्तर्राष्ट्रिय ध्यान दिवस मनाउनुपर्ने बताए । संयुक्त राष्ट्र संघका महासचिव एन्टिरियो गुटरेसले लुम्बिनी भ्रमण गरेर काठमाडौंमा भेट हुँदा बुद्धको शिक्षाको मुख्य भागका रुपमा रहेको ध्यान विधिलाई योग दिवस जस्तै गरी अन्तर्राष्ट्रिय ध्यान दिवस घोषणाका लागि सघाउन अनुरोध गरेको उनले बताए ।

उनले आफ्नो मन्त्रालयले सुशासन र अपराधको क्षेत्रमा काम गर्नुपर्ने दायित्व भएको बताउँदै अब मान्छेलाई स्वरुपान्तरणले मात्रै सुशासन र अपराध न्यूनिकरण गर्ने बताउँदै यसका लागि ध्यान नै उपयोगी हुने धारणा राखे ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  ६ : १९ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका