टिआरसीबारे छलफल गर्न कानुन समितिको बैठक आह्वान « Khabarhub

टिआरसीबारे छलफल गर्न कानुन समितिको बैठक आह्वान


२० फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टिआरसी)बारे छलफल गर्नका लागि प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बोलाइएको छ । समितिको बैठक सोमबार बिहान ७ः४५ मा बस्ने छ ।

आइतबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भएको छलफल लगत्तै टिआरसीबारे छलफल गर्न कानुन समितिको बैठक बोलाइएको हो । ओली र रवि टिआरसी विधेयकको विषयमा लचिलो देखिएका छन् ।

यसअघि नेकपा एमालेले टीआरसी अघि बढाउँदा पीडित मैत्री बन्नुपर्ने भन्दै असहमति जनाएको थियो । पछिल्लो समय भने एमाले विधेयकलाई लिएर सकारात्मक देखिदै आएको छ । हाल उक्त विधेयक संसद्को कानुन समितिमा रहेको छ ।

आइतबार बसेको समितिको बैठकमा पनि टिआरसी विधेयका विषयमा छलफल भएको थियो । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विधेयक टुङ्ग्याउन थप समय माग गरेका थिए ।

कानुनमन्त्री गुरुङले विधेयकमा धेरै विषयमा सहमति भइसकेको भए पनि केही कुरा स्पष्ट हुन जरुरी रहेको बताए । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सङ्क्रमणकालीन न्यायलाई पीडितले न्याय पाउने गरी आपसमा सहमति गरेर अन्तर्राष्ट्रिय मापदण्डअनुसार विधेयक बनाउनुपर्नेमा जोड दिए ।

याे पनि…

कानुनमन्त्री गुरुङले मागे सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक टुङ्ग्याउन थप समय

प्रधानमन्त्री प्रचण्डले गरे ओली र रविसँग छलफल

देउवा र ओलीसँग प्रधानमन्त्रीको छुट्टाछुट्टै भेट

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  ११ : ५० बजे

एसियाली खेलकुदमा नेपाली खेलाडीले बनाए निराश, कराँते र उसूका सबैजसो खेलाडी पराजित

नागोया- जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुदमा आइतबार नेपालका पदकका

उमेर र तौलको ट्रोलिङमा सलमानको जवाफ : कपडा फुकाल्दै भने- ‘कर लो ट्रोलिङ’

काठमाडौं– बलिउड अभिनेता सलमान खान आफ्नो उमेर, तौल, रूप र

दोलखा कांग्रेसको वडा अधिवेशन : ६० वडामा सम्पन्न, १४ वडाको नतिजा आउन बाँकी

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोलखाका नौवटा स्थानीय तहका ७४

केही नेताले शेरबहादुर दाइलाई अल्मल्याए : महालक्ष्मी उपाध्याय ‘डिना’

काठमाडौं- पूर्वसभापति शेरबहादुर देउवाको साथ छोडेर केही दिनअघि नेपाली कांग्रेसको

अमेरिका-इरान तनाव फेरि बढ्दै, भ्रमण छोट्याएर ह्वाइट हाउस फर्किए ट्रम्प, नागरिकलाई सतर्क रहन आग्रह

वासिङ्टन- मध्यपूर्वमा अमेरिका र इरानबीच फेरि तनाव बढेको देखिएको छ।