आज २०८० साल चैत २१ गते बुधबारको राशिफल « Khabarhub

आज २०८० साल चैत २१ गते बुधबारको राशिफल


२१ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल चैत २१ गते बुधबार तदनुसार सन् २०२४ अप्रिल ३ तारिख। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : यात्रा राम्रो हुनेछ। आफन्तको आगमनले घरमा खुशी मिल्नेछ। साथीसँगको भेट रमाइलो हुनेछ। शिक्षा क्षेत्रको लगानीबाट उत्साह बढ्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृष : भविष्यको योजना आफैले बनाउनुपर्ने दिन छ। प्रयास गरेको क्षेत्रबाट प्रतिफल प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : आफ्नो काम आफैंले गर्नुपर्ने समय छ। परिवारबाट राम्रो सहयोग प्राप्त हुनेछ। आर्थिक क्षेत्रमा उन्नति र सामाजिक क्षेत्रको सम्बन्ध सुधार हुनेछ।

कर्कट : शेयर बजारमा फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। न्यायपूर्वक गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ प्राप्त हुनेछ।

सिंह : दाम्पत्य जीवन सुखमय बित्नेछ। आर्थिक अवस्था सुधार हुनेछ। सहयोग गर्ने साथी धेरै छन्। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुने योग छ। प्रेममा सफलता मिल्नेछ।

कन्या : सभा सम्मेलनमा सहभागी हुने अवसर छ। बौद्धिक व्यक्तिसँग भेट हुनेछ। धेरै ग्रह सकारात्मक छन्। साथीभाइले साथ दिनेछन्। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा असर गर्ने देखिन्छ।

तुला : अधिकारका लागि संघर्ष गर्नुपर्ने दिन छ। शिक्षा क्षेत्रमा प्रशंसा प्राप्त हुनेछ। कर्म क्षेत्रमा सन्तुष्टि मिल्नेछ। परिवारको सहमतिमा काम गर्नु राम्रो हुनेछ।

वृश्चिक : यात्रा सफल हुनेछ। ठुला मान्छेसँगको भेट फलदायी हुनेछ। आर्थिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। गुमेको धन हात लाग्ने योग छ। शिक्षा क्षेत्रमा गरेको प्रयास सफल हुनेछ।

धनु : लामो समयदेखि संघर्ष गरेको उपलब्धि हात लाग्नेछ। पुराना साथीको भलाकुसारीबाट दिन रमाइलो बन्नेछ। शिक्षा क्षेत्रमा फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : सामाजिक काम गर्ने अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। लगानी गर्ने भए शिक्षा क्षेत्रमा प्रगति हुनेछ। वैदेशिक रोजगारीमा उन्नति हुनेछ।

कुम्भ : आर्थिक कारोबारमा समस्या हुनेछ। परिवारमा घर व्यवहारकै कारण झगडा हुने जोखिम छ। बोलीमा नम्रता आवश्यक देखिन्छ। समाजमा प्राप्त सम्मान जोगाउनुपर्ने दिन छ।

मीन : लगानीको क्षेत्रमा फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा लगानी गरेको भए राम्रो हुनेछ। ठुलो खर्चबाट आफैं जोगिनु राम्रो हुन्छ। सामाजिक कार्यमा लगानी गर्नु फाइदा हुनेछ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ५ : १७ बजे

प्रतिज्ञा पत्रमा उल्लेख गरेका विषय कांग्रेसले कार्यान्वयन गरेरै छाड्छ : प्रदीप पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री एवम् काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा

मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूका लागि प्रशिक्षण सुरु

नेपालगन्ज– प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा मतदान अधिकृत र सहायक

गृहमन्त्रीद्वारा धादिङ दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले गएराति धादिङमा भएको बस दुर्घटनाका घाइतेको

मंगलबारदेखि नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै

काठमाडौं– नबिल बैंक, सुषमा कोइराला मेमोरियल अस्पताल तथा सेती प्रादेशिक

एमएडब्लू अर्थमुभर्स ‘डिलर अफ द इयर-साउथ एसिया रिजन’ अवार्डबाट चौथो पटक सम्मानित

काठमाडौं– नेपालमा जेसीबीका कन्स्ट्रक्सन तथा हेभी इक्विपमेन्टकोआधिकारिक वितरक एमएडब्लू अर्थमुभर्स प्रालिले