त्रिकोणात्मक टी–२० : आज नेपाल र गुजरात खेल्दै « Khabarhub

त्रिकोणात्मक टी–२० : आज नेपाल र गुजरात खेल्दै


२१ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


519
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा त्रिकोणात्मक टी–२० सिरिज खेल्न पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले बुधबार गुजरातसँग खेल्दैछ ।

लगातार दुई खेलमा विजयी नेपालले बुधबार तेस्रो खेल खेल्न लागेको हो ।पहिलो खेलमा आइतबार गुजरातमाथि ८ विकेटको शानदार जित निकालेको नेपालले मंगलबार बरोडामाथि २७ रनको जित दर्ता गरेको थियो ।

नेपालले बुधबार गुजरातसँग प्रतिस्पर्धा गर्न लागेको हो । यो खेल दिउँसो २ : ४५ बजे गुजरातको वापीस्थित साई मेघपन स्पोर्ट्स लाइफ मैदानमा सुरु हुनेछ ।

नेपाल विश्वकपको तयारी स्वरुप गुजरात र बरोडासँग सिरिज खेल्न भारत गएको हो। नेपालले प्रतिस्पर्धा गर्ने भारतका दुवै टोली राज्य स्तरका हुन्।

नेपालले अर्को खेल चैत २३ गते बरोडामा खेल्नेछ। लिग चरणमा एक अर्कासँग दुईदुई खेल खेलेपछि शीर्ष दुई टोलीबिच फाइनल प्रतिस्पर्धा हुनेछ।

नेपालको भारत भ्रमणलाई आगामी जुन १ तारिखदेखि अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी-२० विश्वकपको तयारीका रुपमा लिइएको छ। विश्वकपमा नेपाल समूह ‘डी’मा छ। विश्वकपमा नेपालको समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्यान्ड्स छन्।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ६ : २७ बजे

कांग्रेसले टुंगो लगायो राष्ट्रिय सभाका नौ उम्मेदवार : को-को परे ?  

काठमाडौं – नेपाली कांग्रेसले राष्ट्रिय सभाका नौ उम्मेदवारको नाम टुंगो

चिसो बढ्दा विद्यालयमा पठनपाठन स्थगित

सुदूरपश्चिम– लगातारको शीतलहरका कारण चिसो बढेपछि कैलालीको गौरीगङ्गा नगरपालिका कार्यालयले

कार्यसम्पादन समिति बैठकका लागि सानेपा पुगे नेताहरू

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

चाकु बनाउन व्यस्त छन् ललितपुरका व्यवसायी (तस्बिरहरू)

काठमाडौं– माघे सङ्क्रान्ति पर्व नजिकिँदै गर्दा काठमाडौं उपत्यकामा चाकुको माग

समानुपातिकको छिद्रमा नेताको परेड, पुरानै पथमा रवि, बालेन र कुलमान

काठमाडौं – वैकल्पिक पार्टीको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले