आयरल्यान्डविरुद्ध नेपाल ‘ए’लाई तेस्रो सफलता « Khabarhub

आयरल्यान्डविरुद्ध नेपाल ‘ए’लाई तेस्रो सफलता


२१ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’को एक दिवसीय सिरिजको पहिलो खेलको १८ औं ओभरमा नेपालले तेस्रो विकेट लिएको छ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले टस हारेर फिल्डिङ गरेको हो। टस जितेर ब्याटिङ गरिरहेको आयरल्यान्डले १९ औं ओभरको समाप्तिमा ३ विकेटको क्षतिमा ६५ रन बनाएको छ।

नेपालका लागि पहिलो विकेट ५ ओभर १ बलमा रिजन ढकालले लिए। उनले जेम्स म्याकोलमलाई १२ रनमा आउट गरेका हुन्। १५ बल खेलेका उनले तीन चौका प्रहार गरेका थिए।

त्यसैगरी नेपालका लागि दोस्रो विकेट शाहब आलमले लिए। उनले आयरल्यान्डका स्टीफन डोहेनीलाई ८ ओभरको चौथो बलमा एलबीडब्लुमा पारेका हुन्।
तेपालका लागि तेस्रो विकेट मौसम ढकालले १७ ओभर ४ बलमा उनले पिटर मुरलाई आउट गरेका हुन्। ३४ बल खेलेका मुरले २१ रन बनाएका थिए।

घरेलु मैदानको टी–२० सिरिज २–१ ले गुमाएको नेपालले एक दिवसीय सिरिज उचाल्ने लक्ष्य लिएको छ।

विनोद भण्डारीको कप्तानीमा रहेको नेपाल ‘ए’ टिममा एक दिवसीय खेलका लागि आरिफ शेख र भीम सार्कीसमेत प्लेइङ ११ मा रहेका छन्।

एक दिवसीय सिरिजको दोस्रो खेल चैत २३ र फाइनल चैत २५ गते कीर्तिपुर मैदानमै हुनेछ।

आयरल्याण्ड ‘ए’ले राष्ट्रिय टिमसँग यसअघि दुई खेलको टि–२० सिरिज खेलिसकेको छ। उक्त सिरिजमा नेपाल विजयी भएको छ। दुवै खेलमा नेपालले शानदार जित निकाल्दै सिरिज उचालेको हो।

नेपाल ए टिम

विनोद भण्डारी (कप्तान), अर्जुन कुमाल, देव खनाल, भीम सार्की, अर्जुन साउद, आरिफ शेख, बसिर अहमद, कमलसिंह ऐरी, शहब आलम, रिजन ढकाल र मौसम ढकाल।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ११ : ०१ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित