गृहमन्त्रीमाथि छानबिन समिति नबने अर्को बैठक चल्न सक्दैन : कांग्रेस « Khabarhub

गृहमन्त्रीमाथि छानबिन समिति नबने अर्को बैठक चल्न सक्दैन : कांग्रेस


२१ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने आफ्नो माग यथावत राखेको छ ।

आजको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै कांग्रेस महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले सहकारी प्रकरणमा गृहमन्त्रीमाथि अनुसन्धानका लागि संसदीय छानबिन समिति गठन नभए आगामी बैठक चल्न नसक्ने चेतावनी दिए ।

संसद शर्माले गृहमन्त्रीमाथि संसदीय छानबिन समिति गठनको माग कांग्रेसको न्यूनतम शर्त रहेको बताए ।

उनले कांग्रेसले मुद्दा उठाएर यो विषय टुंगिँदै भनेर प्रचार भइरहेको भन्दै सत्ता समीकरणको खेलमा कांग्रेस नलाग्ने धारणा राखे ।

शर्माले कांग्रेसले उठाएका प्रश्न बेवास्ता गर्दै आकस्मिक रुपमा गृह मन्त्रीलाई रोष्ट्रममा पठाइयो भने संसद् अवरोध गर्नुपर्ने परिस्थिति आउने बताए ।

उनले कांग्रेसले आफूहरूले गृहमन्त्रीको राजीनामा माग गरेको नभई गृहमन्त्रीलाई संसदीय छानविन समितिमार्फत आफ्ना विषयमा प्रष्ट पार्ने मौका दिन खोजेको जिकिर गरे ।

गृहमन्त्रीले आफूमाथि लागेको आरोपबारे सार्वजनिक बहस गर्न तयार भएको भनिरहेको उल्लेख गर्दै शर्माले सिंहदरबारभित्र स्थापना हुने संसदीय छानबिन समितिको कार्यालयमा आएर बहस गर्न चुनौति दिए ।

सहकारी प्रकरणमा गृहमन्त्री लामिछानेविरुद्ध छानविन गर्न संसदीय समिति बनाउनुपर्ने भन्दै कांग्रेसले लगातार सदनमा अडान राख्दै आएको छ ।

 

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  १२ : १३ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका