हुलाकी राजमार्ग : वीरगञ्ज मातहत एक सय ८१ किलोमिटर सडक कालोपत्र « Khabarhub

हुलाकी राजमार्ग : वीरगञ्ज मातहत एक सय ८१ किलोमिटर सडक कालोपत्र


२१ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– हुलाकी राजमार्ग योजना कार्यालय मातहत पर्ने हुलाकी राजमार्गको समग्रमा एक सय ८१ किलोमिटर सडक कालोपत्र गरिएको छ । 

कार्यालय मातहत दुई खण्डमा कूल दुई सय २९ दशमलव सात किलोमिटर सडक पर्छ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र र अन्य केही ठाउँमा बाहेक अन्यत्र सडक निर्माण कामले गति लिइरहेको कार्यालयले जनाएको छ ।

हुलाकी राजमार्ग योजना कार्यालयका योजना प्रमुख दीपककुमार झाले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रबाहेक अन्य स्थानमा सडक निर्माणले गति लिएको बताए। 

कार्यालय मातहत दुई सय २९ दशमलव सात किलोमिटर सडक पर्दछ । त्यसमा पूर्व-पश्चिम खण्डमा एक सय ५३ किलोमिटर  र  उत्तर-दक्षिण खण्डमा ७६ दशमलव सात किलोमिटर सडक पर्दछ । कार्यालयका अनुसार हालसम्म दुवै खण्डमा एक सय ८१ दशमलव पाँच किलोमिटर सडक कालोपत्र भइसकेको छ । पूर्वपश्चिम खण्डमा एक सय नौ किलोमिटर र उत्तर-दक्षिण खण्डमा ७२ दशमलव पाँच किलोमिटर सडक कालोपत्र भइसकेको छ ।

योजना प्रमुख झाले सार्वजनिक खरिद नियमावलीको १३औँ संशोधनले आयोजनाको म्याद थप गर्नका लागि सहजीकरण गरिदिएकाले हुलाकी राजमार्गअन्तर्गत रहेका रुग्ण ठेक्कालाई अघि बढाउन सहज हुने आँकलन गरे । 

हुलाकी सडक योजना कार्यालय वीरगञ्जका सूचना अधिकारी तथा इन्जिनियर सञ्जय ठाकुरले पूर्व-पश्चिमको एक सय ५३ किलोमिटर सडकमध्ये हालसम्म एक सय नौ किलोमिटर सडक कालोपत्र सम्पन्न भइसकेको बताए ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  १ : ३० बजे

गाजामा हतियार बिसाउन हमास सहमत, इजरायलले प्रतिबद्धता पूरा गर्नुपर्ने सर्त

काठमाडौँ– गाजामा क्रियाशील प्यालेस्टिनी समूह हमास र अन्य प्यालेस्टिनी सशस्त्र

सप्तरीको राजविराज नगर क्षेत्रमा कर्फ्यु आदेश जारी

सप्तरी– जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश

धनुषाको सबैला रघुनाथपुरस्थित हनुमान मन्दिरमा एक व्यक्तिको हत्या

धनुषा– धनुषाको सबैला नगरपालिका वडा नम्बर १२ रघुनाथपुरमा एक व्यक्तिको

धार्मिक सद्भाव कायम राख्न हर्क साम्पाङको अपिल

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशमा देखिएको धार्मिक

राष्ट्रियसभा बैठक बस्दै, गृह र शिक्षामन्त्रीले मन्त्रालयगत जवाफ दिने कार्यसूची

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । संसद