नदी र खोलामा किन सिक्का फालिन्छ ? « Khabarhub

नदी र खोलामा किन सिक्का फालिन्छ ?


२१ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15.3k
Shares
  • change font
  • change font
  • change font

 नदीनाला तर्दा सिक्का पैसा फाल्ने गरेको त पक्कै पनि देख्नु भएको छ होला । हामीमध्ये कतिपयले आफैले पनि नदी वा तलाउमा सिक्का पैसा फालेको अनुभव छ । मानिसहरू कुनै संकोच नै नमानी खुरुखुरु सिक्का फाल्ने गर्छन्, अझ कतिपय ठाउँमा त प्रतिस्पर्धा पनि हुने गर्छ- कसले कुन चाहिँ भाँडोमा सिक्का पार्न सक्छ भनेर । उदाहरणको लागि  पशुपतिनाथमा रहेको बागमतीलाई लिन सकिन्छ ।

पछिल्ला पुस्ताले यी कुरामा विश्वास गर्दैनन् । तर यस्तो किन गरिन्छ होला । सबैको मनमा उठ्ने प्रश्न गरेको छ । आज हामी यसैका बारेमा चर्चा गर्ने छौँ । 

धार्मिक मान्यता अनुसार देवी देवतालाई पुजा गर्दा फुल माला बली चढाए जस्तै सिक्का चढाउने गरिन्छ । नदीनाला तर्दा सुरक्षित होस् भनेर फाल्ने गर्छन् । 

सामान्य अर्थमा नदीनाला, खोलामा सिक्का फाल्नुलाई धार्मिक अर्थमा भाग्य वृद्धिको रूपमा बुझिए पनि वास्तविक रूपमा वैज्ञानिक तथ्यहरू पनि छन् । प्राचीन समयमा सिक्काहरू प्रायः तामाबाट बनेका हुन्थे । खाने पानीको मुख्य श्रोत भनेकै खोलानाला मानिन्थ्यो । तामा हाम्रो शरीरको लागि चाहिने एक अभिन्न धातुको रूपमा लिइन्छ । 

हामीले खाने पानीमा यथेष्ट तामाको मात्रा होस् भन्ने हेतुले पुर्खाहरूले नदी नालाहरूमा तामाबाट बनेका सिक्काहरू फाल्ने  गरेका थिए । तर अहिलेका सिक्काहरू तामाका हुँदैनन् तैपनि मानिसहरू त्यो पुरानो प्रथालाई अन्धविश्वासको रूपमा पछ्याउँदै आइरहेका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  ६ : २९ बजे

बजार अनुगमनलाई तीव्र पार्दै वाणिज्य विभाग

काठमाडौं– पछिल्ला दिनमा बजार अनुमगन, निरीक्षण र कारबाही प्रक्रियालाई तीव्र

एमाले महाधिवेशन : प्रतिनिधि छनौटमा पाँच बुँदे निर्देशन

​​​​​​​काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशनका लागि प्रतिनिधि छनौटको अन्तिम तयारी

साढे आठ वर्षमा पनि बनेन हुलाकी सडक

कञ्चनपुर– अढाइ वर्षमा निर्माण गरिसक्नुपर्ने समयावधि तोकिएको कञ्चनपुरको हुलाकी सडक

मुख्यसचिव अर्याल आजदेखि अवकाशमा

काठमाडौं– मुख्यसचिव एकनारायण अर्याल आजदेखि अनिवार्य अवकाशमा गएका छन् ।

स्वास्थ्य सामग्री खरिदमा अनियमितता गरेको आरोपमा सातजनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौँडाका