खरबुजा खेतीबाट आकर्षक आम्दानी गर्दै नवलपुरका मीनबहादुर « Khabarhub

खरबुजा खेतीबाट आकर्षक आम्दानी गर्दै नवलपुरका मीनबहादुर


२१ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.9k
Shares
  • change font
  • change font
  • change font

त्रिवेणी– बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोती–१७ का मीनबहादुर महतोले धान लगाउने खेतमा खरबुजा लगाएर अरूलाई लोभ्याउने गरी आम्दानी गरेका छन्।

करिब तीन बिघा जग्गा भाडामा लिएर तरकारीखेती गर्दै आएकामा उनले यसपटक खरबुजा फलाएका छन् ।

वरपर कतै चैतेधान कतै मकै लगाइएको छ । हाल खरबुजा लगाइएको क्षेत्रमा यसअघि करेलाखेती गरेकामा यसपटक खरबुजा लगाएर सफल भएको महतोले बताए। सरस्वती जातको खरबुजा लगाएका उनले ६० दिनपछि उत्पादन भएको र हालसम्म ८० क्विन्टल हाराहारीमा बिक्री गरेको बताए । चैतको पहिलो हप्तादेखि उत्पादन सुरु भएकामा जेठसम्म खरबुजा फल्ने उनले बताए। छ लाख आम्दानी हुने अनुमान गरिएकामा उत्पादन बढेकाले सोचेभन्दा धेरै बिक्री हुने र आम्दानीसमेत बढ्ने देखिएको उनले बताए।

आफूले उत्पादन गरेको खरबुजा बिक्रीमा कुनै समस्या नभएको महतोले बताए । जिल्लाको स्थानीय बजारमा खरबुजा खपत हुँदै आएको छ । आफूहरूले कुनै विषादी प्रयोग नगरी उत्पादन गरेकाले बारीबाटै दैनिकजसो दुई क्विन्टल बिक्री हुने गरेको उनले बताए ।

रोजगारीको सिलसिलामा सिङ्गापुर र साउदी अरबमा सात वर्ष बिताएका महतोले अहिले आफ्नो फार्ममा दैनिक नौ जनालाई रोजगारी दिनुभएको छ । कावासोती नगरपालिका–१७ का वडासदस्यसमेत रहेका उनी विगत छ वर्षदेखि व्यावसायिक कृषिमा लागेका हुन् ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  ८ : ५८ बजे

टी-२० विश्वकपको पहिलो खेलमा नेदरल्याण्ड्सविरुद्ध पाकिस्तान तीन विकेटले विजयी

काठमाडौं- आईसीसी टी-२० विश्वकप अन्तर्गत पहिलो खेलमा पाकिस्तानले नेदरल्याण्ड्सलाई तीन

इस्लामाबादको मस्जिदमा विस्फोट : मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो

एजेन्सी– इस्लामावादको एक शिया मस्जिदमा इस्लामिक स्टेट समूह (आईएस) ले दावी

निर्वाचन चहलपहलसँगै आर्थिक गतिविधिमा बढोत्तरी

महोत्तरी– महोत्तरीमा निर्वाचनको चहलपहल बडढेसँगै आर्थिक गतिविधिमा पनि बढोत्तरी हुन

ओबामाको अनुहार भएका बाँदरको भिडियो हालेपछि ट्रम्प आलोचित; गरे निन्दा, मागेनन् माफी

काठमाडौं- पूर्वराष्ट्रपति दम्पत्ति बाराक र मिशेल ओबामालाई बाँदरको स्वरुप दिएको

बलात्कार आरोपमा पूर्वप्रहरी ठगुन्ना भारतको बैंग्लोरबाट पक्राउ

काठमाडौं– बलात्कार आरोप लागेका पूर्वप्रहरी भुपेन्द्र सिंह ठगुन्नालाई प्रहरीले भारतको बैंग्लोरबाट