विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १२ जना पक्राउ | Khabarhub Khabarhub

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १२ जना पक्राउ


२१ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनको ईच्छाकामना गाउँपालिका-३ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १६ किलोसहित दुई जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धादिङ गल्छि गाउँपालिका-५ बस्ने २२ वर्षीय प्रकाश तामाङ र १९ वर्षीय जीवन लामा रहेका छन् । अस्थायी प्रहरी पोष्ट फिस्लिङबाट खटिएको प्रहरीले बागमती प्रदेश ०३-००४ प २९१५ नम्बरको  मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

झापाकाे बिर्तामोड नगरपालिका-६ देउनिया खोला छेउ बाँसघारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ३० मिलिग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेरूमा मेचिनगर नगरपालिका-७ घर बताउने २२ वर्षीय अजय राजबंशी र ईलाम सन्दकपुर गाउँपालिका-३ घर बताउने २९ वर्षीय रमेश मगर रहेका छन् । प्रहरी चौकी बुट्टाबारीबाट खटिएको प्रहरीले  उनीहरुलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कैलालीकाे धनगढी उपमहानगरपालिका-४ उत्तरबेहडीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय २० मिलिग्रामसहित सोही  उपमहानगरपालिका-४ उत्तरबेहडी बस्ने १८ वर्षीय किशोर समेत ६ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले किशोरको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी बेचबिखनमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।

कास्कीकाे पोखरा महानगरपालिका-१७ छोरेपाटनबाट नियन्त्रित लागूऔषध नुर्फिन २५ एम्पुल, डाइजेपाम २५ एम्पुल र फेनरागन २५ एम्पुलसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  १ : ४९ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस