कक्षा १२ की परीक्षार्थीमाथि झापाको दमकमा गोली प्रहार « Khabarhub

कक्षा १२ की परीक्षार्थीमाथि झापाको दमकमा गोली प्रहार


२१ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


789
Shares
  • change font
  • change font
  • change font

झापा- झापाको दमकमा एकजना विद्यार्थीलाई गोली हानिएको छ।

शुक्रबार स्थानीय हिमालय माध्यमिक विद्यालय दमकबाट १२ कक्षाको परीक्षा दिएर फर्किँदै गर्दा एनिका अधिकारीमाथि गोली हानिएको हो ।

गोली लागेर घाइते भएकी उनको अहिले दमकस्थित लाइफ लाइन अस्पतालमा उपचार भइरहेको छ । उदयपुर घर भएकी उनी दमकमा डेरा गरेर पढ्दै आएकी थिइन् ।

घटनापछि फरार भएकाको खोजीलाई तीव्र पारिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रहरीका अनुसार गोली हान्ने व्यक्ति भागिसकेका छन् । अधिकारीलाई सिराहाका अमित कुमार यादवले गोली प्रहार गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

 

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  २ : ४५ बजे

प्रधानमन्त्री कार्कीले हेरिन ‘दिमाग घोच्ने मान्छे’

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की स्वर्गीय उज्ज्वल थापाको जीवनीमा आधारित

११५ दिनमा कुलमानले गरे १०७ काम (सूचीसहित)

काठमाडौं – कुलमान घिसिङले ११५ दिन तीन महत्त्वपूर्ण मन्त्रालय सम्हाल्दा

निर्वाचन ५६ दिन बाँकीः राष्ट्रिय सभाका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने

काठमाडौं – निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रिय

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस २४ गते बिहीबार तदनुसार