कक्षा १२ की परीक्षार्थीमाथि झापाको दमकमा गोली प्रहार « Khabarhub

कक्षा १२ की परीक्षार्थीमाथि झापाको दमकमा गोली प्रहार


२१ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


789
Shares
  • change font
  • change font
  • change font

झापा- झापाको दमकमा एकजना विद्यार्थीलाई गोली हानिएको छ।

शुक्रबार स्थानीय हिमालय माध्यमिक विद्यालय दमकबाट १२ कक्षाको परीक्षा दिएर फर्किँदै गर्दा एनिका अधिकारीमाथि गोली हानिएको हो ।

गोली लागेर घाइते भएकी उनको अहिले दमकस्थित लाइफ लाइन अस्पतालमा उपचार भइरहेको छ । उदयपुर घर भएकी उनी दमकमा डेरा गरेर पढ्दै आएकी थिइन् ।

घटनापछि फरार भएकाको खोजीलाई तीव्र पारिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रहरीका अनुसार गोली हान्ने व्यक्ति भागिसकेका छन् । अधिकारीलाई सिराहाका अमित कुमार यादवले गोली प्रहार गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

 

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  २ : ४५ बजे

देशभरका छ हजार ७४३ वडामा दिइयो मतदाता शिक्षा

काठमाडौं – आमनागरिकलाई मताधिकारको महत्त्व र मतदान प्रक्रियाबारे जानकारी दिने

मध्यपूर्वका १२ राष्ट्रलाई दिँदै आएको श्रम स्वीकृति स्थगन

काठमाडौँ – काठमाडौं । नेपाल सरकारले मध्यपूर्वका १२ राष्ट्रमा वैदेशिक

मध्यपूर्वमा अलपत्र नेपालीलाई सरकारले त्यही सुरक्षा दिएर राख्ने

काठमाडौं – सरकारले मध्यपूर्वका विभिन्न देशका विमानस्थलमा पुगेर अलपत्र परेका

इजरायल र अमेरिकाद्वारा पछिल्लो २४ घण्टामा इरानमाथि १२ सय बढी बम प्रहार गरेका दाबी

इजरायल – इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनेई को मृत्यु

निष्पक्ष र शान्तिपूर्ण निर्वाचनका लागि संयोजक प्रचण्डको अपिल

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले यही