अप्ठेरोमा मुख्यमन्त्री सोडारी, विश्वासको मत नपाउने भएपछि प्रदेशसभा बैठक स्थगित « Khabarhub

अप्ठेरोमा मुख्यमन्त्री सोडारी, विश्वासको मत नपाउने भएपछि प्रदेशसभा बैठक स्थगित


२१ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


570
Shares
  • change font
  • change font
  • change font

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिन बोलाएको प्रदेश सभाको बैठक स्थगित गरिएको छ।

मुख्यमन्त्री सोडारीलाई विश्वासको मतको प्रयोजनका लागि शुक्रबार बोलाइएको बैठक अर्को सत्तारुढ नेकपा एमालेको अडानका कारण स्थगित गरिएको हो।

सोडारीले विश्वासको मत लिन भनेर संसद् बैठक अब शनिबार साँझ साढे ५ बजेसम्मलाई स्थगित गरिएको हो ।

प्रदेश संसद सचिवालयले शुक्रबार अपरान्ह एक सूचना निकालेर शनिबार साँझ ५ बजेसम्मलाई बैठक स्थगित गरिएको जनाएको छ ।

एमाले संसदीय दलका नेता राजेन्द्र रावलले आफूहरूसँग सोडारीले सल्लाह नगरेको भन्दै शुक्रबार विश्वासको मत दिन नसकिने बताएका थिए ।

एमालेले सोडारी सत्तारुढ दलहरूसँग सल्लाह नै नगरी अघि बढ्न खोजेको भन्दै आपत्ति जनाएको छ । एमालेले सोडारीलाई समर्थन गरे पनि अझैसम्म मन्त्रीहरू पठाउने निर्णय गरेको छैन ।

उता नेपाली कांग्रेसले पनि उन्मुक्तिका लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्री नियुक्त नगरेर संविधान मिचेको भन्दै संसद् अवरुद्ध पार्ने चेतावनी दिँदै आएको थियो ।

उता नाउपाले सोडारीलाई विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप नै जारी गरेको थियो ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  ५ : ०७ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले