भैंसीपाटीस्थित सीजी फुड्स पार्कमा आक्रमण, २२ जना पक्राउ | Khabarhub Khabarhub

भैंसीपाटीस्थित सीजी फुड्स पार्कमा आक्रमण, २२ जना पक्राउ

चौधरी ग्रुपले भन्यो : औद्योगिक वातावरणमा नराम्रो असर गर्छ


२१ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चौधरी ग्रुपद्वारा सञ्चालित ललितपुरको भैंसेपाटीस्थित सीजी फुड्स पार्कका एउटा समूहले आक्रमण गरेको छ ।

शुक्रबार दिउँसो ३ बजेको समयमा बा ४ ख १०८५ नम्बरको बसमा आएको एक समूहले सीजी फुड्स पार्कमा कार्यरत कर्मचारीलाई हातपात गरेको प्रवक्ता मधुसूदन पौड्यालले बताए ।

उक्त समूहले सीजी फुड्स पार्कको कार्यालय तोडफोड गरेको छ । उनीहरूले केही कर्मचारीलाई हातपात पनि गरेको पौड्यालले बताए ।

फुड्स पार्कमा प्रवेश गर्नेबित्तिकै सरकारविरुद्ध नाराबाजी गरेका उनीहरूले चौधरी ग्रुपका व्यवस्थापकलाई पनि अभद्र व्यवहार गरेको उक्त कम्पनीले जनाएको छ ।

‘त्यहाँ कार्यरत महिला कर्मचारीलाईसमेत हातपात हुन थालेपछि फुड्स पार्कमा कार्यरत उनीहरू प्रतिकारमा उत्रिए। जसकारण आक्रमणकारीहरू पछि हटे,’ पौडेलले भनेका छन्, ‘घटनापछि आएको प्रहरीले आक्रमणमा संलग्नहरूलाई पक्राउ गरेको जानकारी आएको छ।’

घटनाबारे चौधरी ग्रुपले निन्दा गरेको छ । पौड्यालले विज्ञप्ति निकालेर दिनदहाडै भएको आक्रमणपछि कानुनी कारबाहीका लागि सरकारसँग आग्रह गरेका छन् ।

उक्त घटनापछि प्रहरीले आक्रमण संलग्न भनिएका १७ जना महिला र ५ जना पुरुषसहित २२ जनालाई नियन्त्रणमा लिइएको जनाएको छ। जसमा बसका चालक र सहचालक पनि छन् ।

पक्राउ परेका सबैजनालाई ललितपुर प्रहरी परिसरमा राखिएको एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  ६ : ५३ बजे

एमालेले आज ७५३ वटै पालिकामा जनप्रदर्शन गर्दै

काठमाडौं– नेकपा एमालेको जनपरिचालन कार्यक्रम अन्तर्गत आज मुलुकका ७५३ वटै

कोरला  हुँदै मानसरोवर जाने मार्ग खुलाउन पहल

म्याग्दी– मुस्ताङमा रहेको कोरला नाका पवित्र तीर्थस्थल कैलाश मानसरोवर जाने

कैदीबन्दीलाई अगरबत्ती उत्पादनसम्बन्धी तालिम

अछाम– अछाम जिल्ला कारागारका कैदीबन्दीलाई सीप सिकाउने उद्देश्यले अगरबत्ती उत्पादनसम्बन्धी

हुम्ला निर्वाचन कार्यालद्वारा मतदान केन्द्रबारे छलफल

हुम्ला– जिल्ला निर्वाचन कार्यालय हुम्लाले मतदान केन्द्रको अवस्थाका बारेमा सर्वपक्षीय

कसरी तोडियो कुलमानसँग सुदन, बालेन र सुमनाको सम्बन्ध ?

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र