पेटमा गोली लागेपछि सडकमै ढलेकी थिइन् एनिका « Khabarhub

पेटमा गोली लागेपछि सडकमै ढलेकी थिइन् एनिका


२१ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.4k
Shares
  • change font
  • change font
  • change font

झापा- उदयपुर घर भएकी १८ वर्षीया एनिका अधिकारी शुक्रबार मध्यान्ह साढे १२ बजे दमकस्थित स्थानीय हिमालय माध्यमिक विद्यालय केन्द्रमा परीक्षा दिएर घर फर्किँदै थिइन् ।

जब उनी दमक नगरपालिका-५ स्थित ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठानको सडक किनारमा पुगिन् तब उनलाई सिधै लाग्ने गरी ताकेर एक युवकले गोली चलाए ।

प्रतिष्ठानको सडक किनारमा ढुकेर बसेका ती युवकले एनिकाको पेटमा गोली हानेपछि तत्कालै फरार भए ।

तर हालसम्म जिल्ला प्रहरी कार्यालयले गोली हान्ने ती युवकलाई पक्राउ गर्न सकेको छैन । गोली हान्ने युवक सिरहाका अमितकुमार यादव भनिए पनि यसबारे झापा प्रहरीका कुनै अधिकारीले औपचारिक पुष्टि गरेका छैनन् ।

गोली पेटमा लागेपछि एनिका सडकै ढलेकी थिइन् । उनलाई बेहोस अवस्थामा स्थानीयले उठाएर लाइफ लाइन अस्पतालमा पुर्‍याए। जहाँ चिकित्सकले रगत रोकेर उपचार थालेपछि उनको होस खुल्यो। तर उनी अझै पनि राम्रोसँग कुरा गर्न सकिरहेकी छैनन् ।

चिकित्सकले सघन उपचार कक्ष (आईसीयु) मा राखेर उपचार थालेपछि उनको अवस्था सामान्य हुँदै गएको छ ।

अहिले जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय दमकको टोली गोली हान्ने युवकको खोजीमा लागेको छ । तर उनलाई अझै पनि प्रहरीले पक्राउ गर्न सकेको छैन ।

यसबारेमा दमक नगरपालिकाकी उपप्रमुख रेगिमा भट्टराईले गोली हान्ने युवकलाई पक्राउ गर्न नजिकसम्म प्रहरी पुगिसकेको बताइन् ।

उनल एनिकाको उपचारमा कुनै कमी हुन नदिने पनि बताएकी छन् । अस्पताल पुर्‍याउँदा रगताम्य भएकी एनिका अहिले आईसीयुमै छिन् । उनका परिवारलाई प्रहरीले बोलाइएको छ । परिवारका सदस्यहरू उदयपुरबाट दमक पुग्दैछन् ।

याे पनि …

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  ७ : १० बजे

आचारसंहिता पालनामा मानवअधिकार आयोगले उठायो गम्भीर

काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले ४२ जिल्लाको स्थलगत अनुगमनका आधारमा

देशभरका छ हजार ७४३ वडामा दिइयो मतदाता शिक्षा

काठमाडौं – आमनागरिकलाई मताधिकारको महत्त्व र मतदान प्रक्रियाबारे जानकारी दिने

मध्यपूर्वका १२ राष्ट्रलाई दिँदै आएको श्रम स्वीकृति स्थगन

काठमाडौँ – काठमाडौं । नेपाल सरकारले मध्यपूर्वका १२ राष्ट्रमा वैदेशिक

मध्यपूर्वमा अलपत्र नेपालीलाई सरकारले त्यही सुरक्षा दिएर राख्ने

काठमाडौं – सरकारले मध्यपूर्वका विभिन्न देशका विमानस्थलमा पुगेर अलपत्र परेका

इजरायल र अमेरिकाद्वारा पछिल्लो २४ घण्टामा इरानमाथि १२ सय बढी बम प्रहार गरेका दाबी

इजरायल – इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनेई को मृत्यु