पेटमा गोली लागेपछि सडकमै ढलेकी थिइन् एनिका « Khabarhub

पेटमा गोली लागेपछि सडकमै ढलेकी थिइन् एनिका


२१ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.4k
Shares
  • change font
  • change font
  • change font

झापा- उदयपुर घर भएकी १८ वर्षीया एनिका अधिकारी शुक्रबार मध्यान्ह साढे १२ बजे दमकस्थित स्थानीय हिमालय माध्यमिक विद्यालय केन्द्रमा परीक्षा दिएर घर फर्किँदै थिइन् ।

जब उनी दमक नगरपालिका-५ स्थित ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठानको सडक किनारमा पुगिन् तब उनलाई सिधै लाग्ने गरी ताकेर एक युवकले गोली चलाए ।

प्रतिष्ठानको सडक किनारमा ढुकेर बसेका ती युवकले एनिकाको पेटमा गोली हानेपछि तत्कालै फरार भए ।

तर हालसम्म जिल्ला प्रहरी कार्यालयले गोली हान्ने ती युवकलाई पक्राउ गर्न सकेको छैन । गोली हान्ने युवक सिरहाका अमितकुमार यादव भनिए पनि यसबारे झापा प्रहरीका कुनै अधिकारीले औपचारिक पुष्टि गरेका छैनन् ।

गोली पेटमा लागेपछि एनिका सडकै ढलेकी थिइन् । उनलाई बेहोस अवस्थामा स्थानीयले उठाएर लाइफ लाइन अस्पतालमा पुर्‍याए। जहाँ चिकित्सकले रगत रोकेर उपचार थालेपछि उनको होस खुल्यो। तर उनी अझै पनि राम्रोसँग कुरा गर्न सकिरहेकी छैनन् ।

चिकित्सकले सघन उपचार कक्ष (आईसीयु) मा राखेर उपचार थालेपछि उनको अवस्था सामान्य हुँदै गएको छ ।

अहिले जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय दमकको टोली गोली हान्ने युवकको खोजीमा लागेको छ । तर उनलाई अझै पनि प्रहरीले पक्राउ गर्न सकेको छैन ।

यसबारेमा दमक नगरपालिकाकी उपप्रमुख रेगिमा भट्टराईले गोली हान्ने युवकलाई पक्राउ गर्न नजिकसम्म प्रहरी पुगिसकेको बताइन् ।

उनल एनिकाको उपचारमा कुनै कमी हुन नदिने पनि बताएकी छन् । अस्पताल पुर्‍याउँदा रगताम्य भएकी एनिका अहिले आईसीयुमै छिन् । उनका परिवारलाई प्रहरीले बोलाइएको छ । परिवारका सदस्यहरू उदयपुरबाट दमक पुग्दैछन् ।

याे पनि …

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  ७ : १० बजे

पार्टी कार्यालयमा विमलेन्द्र निधिलाई गरिएको व्यवहार गलत छ : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेता विमलेन्द्र निधिमाथि आज

विरोधमा उत्रिएका नेता कार्यकर्तालाई विश्वप्रकाशले भने : मर्यादाको दायरामा रहनुपर्छ

काठमाडौँ- काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मंगलबार पार्टी

नेपाली क्रिकेटले खेलाडी र दर्शकलाई उत्साहित बनाएको छ : मुख्यमन्त्री पाण्डे

कास्की- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली खेलकुद क्षेत्रमा क्रिकेटले

सामाजिक सद्भाव कायम राख्न ७७ वटै जिल्ला प्रशासनलाई गृहको सर्कुलर

काठमाडौं- गृह मन्त्रालयले तराई तथा मधेशका केही जिल्लामा धार्मिक तथा

रातिसम्म बसेर पनि राष्ट्रिय सभा उम्मेदवार टुंग्याउँछौँ

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको आज केहीबेर