चाँदीको आठ किलो गहनासहित युवक पक्राउ « Khabarhub

चाँदीको आठ किलो गहनासहित युवक पक्राउ


१८ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहा प्रहरीले स्रोत नखुलेको १० लाखभन्दा बढी मूल्य बराबरको चाँदीका विभिन्न गरगहनासहित एक युवकलाई लहानबाट नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाका आधारमा आइतबार बेलुका ७ बजे लहान–७ दुर्गामन्दिरबाट मोरङ उर्लाबारी नगरपालिका–५ का ३० वर्षीय दीपेन्द्र विश्वकर्मालाई करिब आठ केजी चाँदीको गहनासहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय लहानले जानकारी दिएको छ ।

चाँदीका गहना बोकेर लहान बजारबाट दुर्गा मन्दिरतर्फ आउँदै गरेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले पैदलयात्रीले बोकेको कालो रङको झोला जाँच गर्दा रू १० लाख ४० हजार मूल्य बराबरको चाँदीको गहनासहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मुक्तिनाथ सापकोटाले जानकारी दिए ।

प्रहरीले कहाँबाट र कसका लागि गहना ल्याएको भन्ने अनुसन्धान गरिरहेको र गरगहनासहित विश्वकर्मालाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी, सुनसरी पठाउने तयारी भइरहेको जनाएको छ ।

विश्वकर्मा भरिया मात्र भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । उनले लहानकै व्यवसायीका लागि भारतबाट गहना ल्याएको प्रारम्भिक बयान दिएको प्रहरी प्रवक्ता सापकोटाले बताए ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  ९ : ५४ बजे

बलुचिस्तानमा सुरक्षा कारबाहीमा १५ लडाकु मारिए

एजेन्सी– पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा सुरक्षा बलले सञ्चालन गरेका विभिन्न

सुस्ता जोगाउन अस्थायी तटबन्ध बनाउँदै स्थानीय र सुरक्षाकर्मी (तस्बिरहरू)

नवलपरासी- पश्चिम नवलपरासीको सुस्ता भूमि जोगाउन स्थानीय र सुरक्षाकर्मी सामूहिक

एक करोड ९४ लाख राजस्व सङ्कलन

जुम्ला– यातायात व्यवस्था सेवा कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा

प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबीच पौने घण्टा भेटवार्ता

काठमाडौं– नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री वालेन्द्र शाहसँग

अर्थमन्त्री वाग्लेले बहुराष्ट्रिय करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका बहुराष्ट्रिय कम्पनीका