जापानले लन्च गर्‍यो विद्युतीय चम्चा, नुनको सेवन कम गर्न मद्दत गर्ने « Khabarhub

जापानले लन्च गर्‍यो विद्युतीय चम्चा, नुनको सेवन कम गर्न मद्दत गर्ने


२१ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जापानी प्रविधि कम्पनी किरिन होल्डिङ्सले व्यावसायिक रूपमै स्वाद बढाउने चम्चा बजारमा ल्याएको छ । यो चम्चाले खानाको स्वाद सुधार्ने कम्पनीको दाबी छ । कम्पनीले केही वर्ष अघि नै यो चम्चा बनाएको थियो ।

कम्पनीको अनुसन्धाताले मेइजी विश्वविद्यालयका वैज्ञानिकहरूसँग मिलेर स्मार्ट चम्चा बनाएका थिए । यस चम्चाले खानालाई वास्तविक भन्दा नुनिलो र स्वादिलो बनाउन बिजुलीको प्रयोग गर्थ्यो । त्यति बेला कम्पनीले स्मार्ट चम्चा र कचौरा दुवै बनाउन काम गरिरहेका थिए ।

यसले खानालाई वास्तविक भन्दा डेढ गुणा नुनिलो स्वाद थपिदिने बताइएको थियो । तर अहिले व्यावसायिक विक्रीका लागि कम्पनीले चम्चा मात्रै ल्याउन सकेको छ । यो चम्चाको नाम इलेक्स्पून दिइएको छ ।

यो चम्चाको सहायताले खानाबाट नुनको मात्रा कम गराएर प्रयोगकर्ताहरूलाई स्वस्थ राख्न मद्दत गर्ने बताइएको छ ।

अत्यधिक नुन खपत जापानमा धेरैको समस्या हो । त्यहाँका मानिसहरू कम नुन भएको खाना रुचाउँदैनन् । चाहिने भन्दा बढी नुन सेवनका कारण निम्तन सक्ने गम्भीर स्वास्थ्य समस्याहरू कम गर्न कम्पनीले यो चम्चा ल्याएको हो ।

प्रकाशित मिति : २१ जेठ २०८१, सोमबार  १२ : ५३ बजे

रुबियोले भारत र उज्बेकिस्तान भ्रमण गर्ने

एजेन्सी– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अक्टोबर १७ देखि २२ सम्म

चाडपर्व लक्षित सुरक्षा : सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन

काठमाडौं– दसैँ, तिहार तथा छठलगायतका प्रमुख चाडपर्वलाई लक्षित गरी काठमाडौँ

न्यून गुणस्तरका खाद्यवस्तु बिक्री गर्नेविरुद्ध मुद्दा

दमौली– खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीले मुद्दा

लागूऔषधसहित छ जना पक्राउ

काठमाडौं-नियमित गस्तीमा खटिएको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित छ

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फ सहममन्त्रीमा बहादुर सिंह