संघीय सरकार र बालेनबीच ‘जुँगाको लडाइँ’, न्यूरोडमा तनाव (तस्बिरहरू) « Khabarhub

संघीय सरकार र बालेनबीच ‘जुँगाको लडाइँ’, न्यूरोडमा तनाव (तस्बिरहरू)

दुई वडाका बासिन्दाबीच हात हालाहालको अवस्था



काठमाडौं- न्यूरोड क्षेत्रको सडक काटेर फुटपाथ फराकिलो बनाउने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको निर्णयले तनाव बढाएको छ ।

गत शनिबार न्यूरोडको जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको सडकको दुवैतर्फ १ मिटर ४० सेन्टिमिटरदेखि २ मिटर ४० सेन्टिमिरटसम्म काटेर फुटपाथ बढाउन थालिएपछि सुरु भएको विवादले दुईवटा वडाबीच द्वन्द्वको अवस्था ल्याएको छ ।

महानगरले काटेको तीन लेनको उक्त सडक सोमबार सडक डिभिजन कार्यालयले प्राविधिक र कर्मचारी लगाएर पुरेको छ ।

फुटपाथ फराकिलो बनाएरै छाड्ने बालेनको अडान र बिनाप्राविधिक जाँच काटिएको भन्दै रोक्ने सडक डिभिजन कार्यालयको निर्णयबीच दुईवटा वडाबीच द्वन्द्वको अवस्था सिर्जना भएको हो

यो सडक क्षेत्र काठमाडौंका वडा नम्बर २० र २२ भित्र समेटिन्छ । सोमबार सडक विभागले काटिएको सडक कालोपत्रे गरेर पुर्ने क्रममा दुईवटा वडाका बासिन्दा विभाजित भएका छन् ।

वडा नम्बर २२ का बासिन्दा महानगरले काटेको उक्त सडक तत्काल पुर्नुपर्ने पक्षमा देखिएका छन् । उता वडा नम्बर २४ का बासिन्दा भने उक्त सडक तत्काल नपुर्ने पक्षमा देखिएका हुन् ।

यी दुई वडाबासीको विवादले न्यूरोड क्षेत्रमा भिडन्तको अवस्था ल्याएको हो । दुईवटा वडाका बासिन्दाबीच हात हालाहालको अवस्था आएपछि काठमाडौं महानगरीय प्रहरीले हस्तक्षेप गर्नुपरेको छ ।

महानगर प्रहरी प्रमुख राजु पाण्डेसहितको टोलीले दुईवटा वडाका बासिन्दाको विवादमा हस्तक्षेप गरेर अवस्थालाई शान्त बनाउने कोसिस गरिरहेका छन् ।

यसअघि काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठकमा मेयर बालेन वडा नम्बर २२ का अध्यक्ष चिनीकाजी महर्जनसँग भनाभनमा उत्रिएका थिए ।

सोमबार मात्रै साहले न्यूरोडमा फुटपाथ फराकिलो बनाउन अवरोध गरेको कुरालाई लिएर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लाञ्छना लगाएका छन् ।

यसअघि सडक विभागले सडक काट्ने काममा हस्तक्षेप गरेर सामान पनि खोसेको थियो । त्यसपछि आक्रोशित मेयर साहको निर्देशनमा सडक विभाग र डिभिजन कार्यालय काठमाडौंमा धुलो पोखिएको थियो ।

त्यसपछि मेयर साहको उक्त कदम अनुचित भएको भन्दै न्यूरोडबासीले सोमबार प्रदर्शन गरेका थिए । उनीहरूले न्यूरोड गेटबाट भित्रतर्फ मानव साङ्लो बनाएर कालो ब्यानरहसित महानगरविरुद्ध प्रदर्शन गरे ।

सडक विभागले मापदण्डविपरीत काटिएको उक्त सडक तीन दिनभित्र पुर्न काठमाडौं महानगरपालिकालाई भनेको थियो । तर मेयर साहले डान नछाडेपछि सडक विभागले सोमबार उक्त सडकमा कालोपत्रे हालेको हो ।

प्रकाशित मिति : २१ जेठ २०८१, सोमबार  १ : ३२ बजे

राष्ट्र बैंकको प्रतिवेदन अर्थमन्त्रीसमक्ष पेस

काठमाडौं– नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३-८४ को  पूर्ण

सुरक्षण मुद्रण केन्द्रमा लाइसेन्स छपाइ जारी

काभ्रेपलाञ्चोक– काभ्रेको पनौती नगरपालिका–५ धनेश्वरस्थित सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ

प्रतिनिधि सभाको बर्खे अधिवेशन सुरू, विपक्षी सांसदहरूले उठेर गरे विरोध

काठमाडौं- प्रतिनिधिसभाको बर्खे अधिवेशन सोमबार सुरू भएकाे छ । सिंहदरबारस्थित

सुकुम्वासी परिवारका विद्यार्थीलाई संस्कृत शिक्षाका लागि भर्ना हुन आग्रह

महोत्तरी– मटिहानी–७ स्थित राजकीय संस्कृत माध्यमिक विद्यालयले सुकुम्वासी परिवारका विद्यार्थीलाई

भारतीय सहयोगमा बन्ने कैलालीको सिद्धनाथ मावि भवनको शिलान्यास

काठमाडौं- भारत सरकारको आर्थिक सहयोगमा कैलालीको धनगढी उपमहानगरपालिकामा विद्यालय भवन