विकासका परियोजनामा थप मेहनत गर्न रक्षामन्त्रीको निर्देशन « Khabarhub

विकासका परियोजनामा थप मेहनत गर्न रक्षामन्त्रीको निर्देशन


२१ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रक्षामन्त्री हरिप्रसाद उप्रेतीले रक्षामन्त्रालयअन्तर्गतका निकायले सञ्चालन गरेका विकास–निर्माणका परियोजनामा लक्ष्यअनुसारको प्रगति प्राप्तिका लागि थप मेहनत गर्न निर्देशन दिएका छन् । 

रक्षा मन्त्रालयमा आज आयोजित चालु आवको तेस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री उप्रतीले काठमाडौँ–तराईरमधेस  द्रुत मार्ग (फास्ट ट्र्याक) को निर्माण निर्धारित समयमा सम्पन्न गर्ने गरी काम गर्न निर्देशन दिए । 

राष्ट्रिय गौरवको योजनाका रुपमा रहेको  द्रुत मार्गको निर्माणलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चासोका साथ हेरिएको उल्लेख गर्दै मन्त्री उप्रेतीले जनतालाई आशावादी बनाउन यस्ता परियोजना समयमा नै सम्पन्न गर्नुपर्ने बताए । 

केही अव्यावहारिक कानुनका कारण गौरवका आयोजना निर्माणमा विलम्ब भएको महसुस गरिएको जनाउँदै मन्त्री उप्रेतीले कानुनी तथा नीतिगत सुधार गरेर अघि बढ्न सरकारले प्रयास गरिरहेको बताए । खरिद प्रक्रियालाई पारदर्शी र कानुनसम्मत बनाउन निर्देशन दिँदै उनले दू्रतमार्गको गुणस्तरमा कुनै सम्झौता गर्न नहुनेमा जोड दिए। 

उप्रेतीले  द्रुत मार्गको प्रवेश विन्दुका रुपमा मानिएको ललितपुरको खोकना क्षेत्रमा देखिएको विवाद समाधानउन्मुख भइरहेको जानकारी दिए । नेपाली सेनाद्वारा निर्माणाधीन सडक पूर्वाधारको प्रगति सन्तोषजनक रहेकामा खुसी व्यक्त गर्दै उनले स्रोतको अभावमा केही परियोजनाले आशातीत प्रगति गर्न नसकेको स्वीकार गरे ।

राष्ट्रिय योजना आयोगका सदस्य डा रमेशचन्द्र पौडेलले रक्षा मन्त्रालय र मातहतका निकायको लक्षित प्रगति ८० प्रतिशत बढी हुनु सन्तोषजनक भएको बताए। उनले राष्ट्रिय गौरवका आयोजनाका रुपमा रहेको  द्रुत मार्ग तथा राष्ट्रिय प्राथमिकता प्राप्त उत्तर–दक्षिण सडक करिडोरको निर्माणमा ध्यान दिन सुझाव दिए।

प्रधान सेनापति प्रभुराम शर्माले सरकारले दिएको जिम्मेवारी पूरा गर्न नेपाली सेना प्रयासरत रहेको जानकारी दिँदै सेनाले प्रचलित नियम कानुनको परिधिभित्र रहेर काम गर्दै आइरहेको बताए ।

  द्रुत मार्गमा अग्ला पुल र दोहोरो सुरुङ सँगसँगै निर्माण अघि बढाइएको जानकारी दिँदै उनले निर्धारित समयमा आयोजना सम्पन्न हुनेमा विश्वस्त हुन आग्रह गरे । 

प्रकृति संरक्षणमा कूल सैनिकको १० प्रतिशत जनशक्तिलाई ‘डेडिकेटेड’ रुपमा खटाइएको जानकारी दिँदै प्रधान सेनापति शर्माले उक्त प्रयास विश्वमै उदाहरणीय रहेको बताए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव नमराज घिमिरेले राष्ट्रिय गौरव तथा प्राथमिकता प्राप्त आयोजनामा कार्यतालिका बनाएर काम गर्न सुझाव दिए । रक्षामन्त्रालय र मातहतका निकायलाई बेरुजु सम्परीक्षणमा जोड दिन आग्रह गर्दै उहाँले बेरुजु अन्त्यको दिशामा विशेष अभियान सञ्चालन गर्न अनुरोध गरे ।

प्रकाशित मिति : २१ जेठ २०८१, सोमबार  ४ : १९ बजे

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता

काबुलको अस्पतालमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न राष्ट्रसंघको माग

काठमाडौं- संयुक्त राष्ट्रसंघले अफगानिस्तानको काबुलस्थित एक अस्पतालमा भएको आक्रमणको स्वतन्त्र

सात देशमा कार्यरत नेपाली श्रमिकलाई पुनः श्रम स्वीकृति दिने निर्णय

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सात देशमा

प्रतिनिधिसभामा ३५ प्रतिशत महिला सांसद

काठमाडौँ– प्रतिनिधिसभा सदस्य निर्वाचनबाट करिब ३५ प्रतिशत महिला प्रतिनिधिसभा सदस्यमा

करण केसीले जापान प्रिमियर लिग खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर करण केसीले जापान प्रिमियर