प्रधानमन्त्री दाहाल, ओली र नेपालबीच वार्ता, एकीकृत समाजवादीले मधेसमा सघाउने « Khabarhub

प्रधानमन्त्री दाहाल, ओली र नेपालबीच वार्ता, एकीकृत समाजवादीले मधेसमा सघाउने

नागरिक उन्मुक्ति केन्द्र सरकारमा मिसिने


२१ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


489
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता सहयात्री दल प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । 

सिंहदरबारमा तीन नेताबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तीन नेताले लामो छलफल गरेका हुन् । 

तीन नेताहरूबीच मधेस सरकार बनाउने विषयमा कुरा भएको छ । त्यसैगरी रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीलाई केन्द्र सरकारमा समावेश गर्ने विषयमा छलफल भएको बताइएको छ । 

माधव नेपालले पनि वर्तमान गठबन्धनलाई निरन्तरता दिँदै मधेश सरकारमा जनमत पार्टीलाई सत्ता गठबन्धनको निर्णयअनुसार सहयोग गर्न तयार भएको बताएको ओलीको सचिवालयको भनाइ छ । 

त्यसभन्दा पहिले बालुवाटारमा प्रधानमन्त्री दाहाल, अध्यक्ष ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेट गरेका थिए । 

सो भेटमा संसद् चलायमान बनाउनेबारे छलफल भएको बताइएको छ । विधेयकहरूका विषयमा पनि छलफल भएको थियो । 

पछिल्लो समय मधेस सरकारको विषयलाई लिएर सत्ता गठबन्धनका नेताहरूबीच असमझदारी बढेको छ ।

प्रकाशित मिति : २१ जेठ २०८१, सोमबार  ४ : ३८ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।