टी–२० विश्वकप : श्रीलंकाविरुद्ध दक्षिण अफ्रिकाको उत्कृष्ट जित « Khabarhub

टी–२० विश्वकप : श्रीलंकाविरुद्ध दक्षिण अफ्रिकाको उत्कृष्ट जित


२१ जेष्ठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


636
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइसिसी टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले विजयी सुरुवात गरेको छ ।

सोमबार राति भएको खेलमा श्रीलंकालाई ६ विकेटले पराजित गर्दै दक्षिण अफ्रिकाले विजयी सुरुवात गरेको हो ।

श्रीलंकाले दिएको ७८ रनको लक्ष्य दक्षिण अफ्रिकाले १६.२ ओभरमा चार विकेट गुमाएर भेट्टायो । उसका लागि क्वीनटन डी ककले सर्वाधिक २० रन बनाए । त्यस्तै, हेनरिक क्लासनले १९, ट्रिस्टन स्टबसले १३ तथा कप्तान ऐडन मार्क्रमले १२ रन बनाए ।

श्रीलंकाका लागि कप्तान वनिन्दु हसरंगाले दुई विकेट लिए । नुवान तुसारा र दासुन सनाकाले एक एक विकेट लिए ।

त्यसअघि अमेरिकाको न्यू योर्कमा टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले १९.१ ओभरमा अलआउट हुनुअघि ७७ रन बनाएको थियो ।

श्रीलंकाका लागि कुशल मेन्डिसले सर्वाधिक १९ रन बनाए । त्यस्तै, एन्जेलो म्याथ्युजले १६ कामिन्डु मेन्डिसले ११ रन बनाए । श्रीलंकाका अन्य ब्याट्सम्यानको प्रदर्शन उल्लेखनीय रहेन ।

दक्षिण अफ्रिकाका एनरिज नोर्टजे एक्लैले चार विकेट लिए । चार ओभर बलिङ गरेका उनले मात्र सात रन खर्चिए । त्यस्तै केशव महाराज र कागिसो रबाडाले दुईदुई विकेट लिए ।

प्रकाशित मिति : २१ जेष्ठ २०८१, सोमबार  ११ : ४० बजे

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे