रास्वपा केन्द्रीय समिति बैठक बस्दै, महामन्त्री ढकालको प्रतिवेदनमा छलफल हुने « Khabarhub

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, महामन्त्री ढकालको प्रतिवेदनमा छलफल हुने


१९ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक बिहान ८ बजे पार्टी केन्द्रीय कार्यलय, चःमति, वनस्थलीमा बस्नेछ ।

आजको बैठकमा पार्टी महामन्त्री मुकुल ढकालले सभापति रवि लामिछानेलाई गत बुधबार बुझाएको समीक्षा प्रतिवेदनमाथि छलफल हुने सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।

महामन्त्री ढकालले पार्टीको गतिविधिबारे देशका ३८ जिल्ला घुमेर समीक्षा प्रतिवेदन तयार पारेका थिए ।

ढकालले समीक्षा प्रतिवेदन बुझाउने क्रममा पार्टीले आफूले उठाएका विषयवस्तुलाई गम्भीर रूपले नलिए ८४ मा एक दुई सिट पनि जित्न नसक्ने र विवेकशीलको हालतमा पुग्ने बताएका थिए।

आजको केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रशारण गर्न महामन्त्री ढकालले सभापति लामिछानेसँग प्रस्ताव गरेको थिए ।

यस्तै, बैठकमा मुलुकमा एक्कासि विकसित पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल हुनेछ ।

यसअघि हिजो बसेको पदाधिकारी बैठकले कांग्रेस–एमालेको नयाँ समीकरण तथा सोही समीकरणमा बन्ने सरकारमा पनि सहभागी नहुने निर्णय गरिसकेको छ ।

रास्वपाले नयाँ सरकार गठनको प्रक्रिया सुरु नहुँदासम्म सरकारमै रहने र प्रक्रिया सुरु हुनासाथ सरकार छाड्ने जनाएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा रास्वपाका ४ मन्त्री छन् ।

 

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  ४ : ५६ बजे

दक्षिण सुडानमा ६ लाख ६१ हजारभन्दा बढी शरणार्थी, ७५ प्रतिशत महिला र बालबालिका

जुबा- दक्षिण सुडानले देशभरका ३१ स्थानमा ६ लाख ६१ हजार ५२९

कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह

कर्णाली– कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णालीको विकासमा केन्द्रित हुन

‘संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छ’

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक

रूपन्देहीबाट ८३ फरार प्रतिवादी पक्राउ, फैसला कार्यान्वयनमा जोड

रूपन्देही– जिल्ला प्रहरी कार्यालय रूपन्देहीले अदालतको फैसला कार्यान्वयनका क्रममा गत

यमनमा साउदी हवाई आक्रमण तीव्र

यमन- यमनमा हुथी विद्रोही र साउदी नेतृत्वको गठबन्धनबीचको तनाव चर्किँदै गएको