चामलबिना पूजा किन पूर्ण भएको मानिँदैन? | Khabarhub Khabarhub

चामलबिना पूजा किन पूर्ण भएको मानिँदैन?


१९ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


14k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिन्दु धर्ममा सबै देवी-देवताको पूजामा चामलको प्रयोग विशेष रूपमा हुने गर्छ । चामल बिना पूजा पूर्ण भएको मानिँदैन । पूजामा प्रयोग हुने चामललाई अक्षता पनि भनिन्छ । कुनै पनि पूजामा सिम्रिक, बेसार, अबिर तथा केसरीको साथै अक्षता चढाइन्छ । अक्षताको अर्थ हुन्छ नभाँचिएको । जसको रंग सेतो हुनु पर्‍यो । पूजाका लागि अक्षताको प्रयोग अनिवार्य छ । अक्षता नभएमा पूजा पूर्ण नहुने धार्मिक विश्वास छ।
पूजामा यस मन्त्रका साथ अक्षता भगवानलाई चढाइन्छ ।

अक्षताश्य सुरश्रेष्ठ कुंकुमाक्ताः सुशोभिताः ।
मया निवेदिता भक्त्याः गृहाण परमेश्वर ।।

यो मन्त्रको अर्थ हुन्छ, हे भगवान्, सिम्रिकको रंगबाट सुशोभित यो अक्षता तपाईँलाई समर्पित गर्दछु । कृपया तपाई यसलाई स्वीकार गर्नुहोला । यसको यही भाव हुन्छ कि अन्नमा अक्षता अथवा चामल श्रेष्ठ मानिन्छ । यसैले चामललाई देवान्न पनि भनिन्छ । देवताको पनि प्रिय अन्न चामल नै हो ।

चामलसँग जोडिएका विशेषता

पूजा कर्ममा देवी-देवतालाई चामल चढाइन्छ । साथै कुनै व्यक्तिलाई निधारमा टिका लगाउँदा पनि अक्षताको प्रयोग गरिन्छ । अक्षता पूर्णताको प्रतीक पनि हो । किन भने यो टुक्रिएको हुँदैन । त्यसैले अक्षतालाई पूजामा चढाउनुको अर्थ हाम्रो पूजा पनि अक्षता जस्तै पूर्ण हुनेछ । यसमा कुनै बाधा नआओस् । पूजा बीचमा नटुटोस् अर्थात् अधुरो नहोस् भन्ने अर्थ लाग्छ । यसै प्रार्थनाका साथ भगवानलाई चामल चढाइन्छ ।

चामललाई अन्नहरूमा सर्वश्रेष्ठ मानिन्छ । यसको सेता रङ्ग शान्तिको प्रतीक पनि हो । भगवानलाई चामल चढाएर पूजा गर्नुको अर्थ चामल जस्तै हाम्रो पूजा पनि पूर्ण होस् र जीवनमा शान्ति मिलोस् भन्ने कामना हुन्छ ।

भगवानलाई चामल चढाएको समयमा केही कुरामा ध्यान दिन आवश्यक हुन्छ । चामल टुक्रिएको हुनुहुँदैन । अक्षता पूर्णताको प्रतीक भएकाले सबै चामल नटुक्रिएको हुनु पर्नेछ । चामल सफा र स्वच्छ हुनु पर्नेछ ।

कुन भगवानलाई चढाइँदैन चामल
चामललाई माता लक्ष्मीको प्रतीक मानिन्छ। तर पनि भगवान् विष्णुको पूजामा चामल चढाइँदैन । शालिग्रामको पूजा गर्दा पनि अक्षताको प्रयोग हुँदैन । भगवान् विष्णुको पूजामा चामलको प्रयोग गर्दा दोष प्राप्त हुने जनविश्वास रहेको छ ।

पण्डितहरूका अनुसार यदि तपाईँ भगवान् विष्णुसँगै लक्ष्मीको पूजा गर्दै हुनुहुन्छ भने सेतो चामलमा सिन्दुर लगाई पूजा गर्न सक्नुहुन्छ। साथै हनुमानजीलाई चामल चढाइँदैन । पछिल्लो समय यी कुराहरूमा विश्वास गर्नेको सङ्ख्या कम छ ।

अन्तर्राष्ट्रिय मिडियाको सहयोगमा 

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  १ : १८ बजे

भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं – रुसको कजानमा भएको ब्रिक्स शिखर सम्मेलनपछि प्रधानमन्त्री नरेन्द्र

प्रदेश सरकारले पुनः निर्माण कोषमा ४० करोड जम्मा गर्ने

विराटनगर – कोशी प्रदेश सरकारले पुनःनिर्माण कोषमा रु ४० करोड

भारतलाई हराउँदै बंगलादेश साफ च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौं – बंगलादेश साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ ।

विश्वकप छनोटका लागि नेपाली महिला क्रिकेट टोलीको घोषणा

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसीसी यु–१९ महिला

सुगम नगरको दुर्गम बस्ती

कञ्चनपुर – यहाँको भीमदत्त नगरपालिका–९ खल्लाकी निर्मला खड्काको पाँच कट्ठा