चामलबिना पूजा किन पूर्ण भएको मानिँदैन? « Khabarhub

चामलबिना पूजा किन पूर्ण भएको मानिँदैन?


१९ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


14k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिन्दु धर्ममा सबै देवी-देवताको पूजामा चामलको प्रयोग विशेष रूपमा हुने गर्छ । चामल बिना पूजा पूर्ण भएको मानिँदैन । पूजामा प्रयोग हुने चामललाई अक्षता पनि भनिन्छ । कुनै पनि पूजामा सिम्रिक, बेसार, अबिर तथा केसरीको साथै अक्षता चढाइन्छ । अक्षताको अर्थ हुन्छ नभाँचिएको । जसको रंग सेतो हुनु पर्‍यो । पूजाका लागि अक्षताको प्रयोग अनिवार्य छ । अक्षता नभएमा पूजा पूर्ण नहुने धार्मिक विश्वास छ।
पूजामा यस मन्त्रका साथ अक्षता भगवानलाई चढाइन्छ ।

अक्षताश्य सुरश्रेष्ठ कुंकुमाक्ताः सुशोभिताः ।
मया निवेदिता भक्त्याः गृहाण परमेश्वर ।।

यो मन्त्रको अर्थ हुन्छ, हे भगवान्, सिम्रिकको रंगबाट सुशोभित यो अक्षता तपाईँलाई समर्पित गर्दछु । कृपया तपाई यसलाई स्वीकार गर्नुहोला । यसको यही भाव हुन्छ कि अन्नमा अक्षता अथवा चामल श्रेष्ठ मानिन्छ । यसैले चामललाई देवान्न पनि भनिन्छ । देवताको पनि प्रिय अन्न चामल नै हो ।

चामलसँग जोडिएका विशेषता

पूजा कर्ममा देवी-देवतालाई चामल चढाइन्छ । साथै कुनै व्यक्तिलाई निधारमा टिका लगाउँदा पनि अक्षताको प्रयोग गरिन्छ । अक्षता पूर्णताको प्रतीक पनि हो । किन भने यो टुक्रिएको हुँदैन । त्यसैले अक्षतालाई पूजामा चढाउनुको अर्थ हाम्रो पूजा पनि अक्षता जस्तै पूर्ण हुनेछ । यसमा कुनै बाधा नआओस् । पूजा बीचमा नटुटोस् अर्थात् अधुरो नहोस् भन्ने अर्थ लाग्छ । यसै प्रार्थनाका साथ भगवानलाई चामल चढाइन्छ ।

चामललाई अन्नहरूमा सर्वश्रेष्ठ मानिन्छ । यसको सेता रङ्ग शान्तिको प्रतीक पनि हो । भगवानलाई चामल चढाएर पूजा गर्नुको अर्थ चामल जस्तै हाम्रो पूजा पनि पूर्ण होस् र जीवनमा शान्ति मिलोस् भन्ने कामना हुन्छ ।

भगवानलाई चामल चढाएको समयमा केही कुरामा ध्यान दिन आवश्यक हुन्छ । चामल टुक्रिएको हुनुहुँदैन । अक्षता पूर्णताको प्रतीक भएकाले सबै चामल नटुक्रिएको हुनु पर्नेछ । चामल सफा र स्वच्छ हुनु पर्नेछ ।

कुन भगवानलाई चढाइँदैन चामल
चामललाई माता लक्ष्मीको प्रतीक मानिन्छ। तर पनि भगवान् विष्णुको पूजामा चामल चढाइँदैन । शालिग्रामको पूजा गर्दा पनि अक्षताको प्रयोग हुँदैन । भगवान् विष्णुको पूजामा चामलको प्रयोग गर्दा दोष प्राप्त हुने जनविश्वास रहेको छ ।

पण्डितहरूका अनुसार यदि तपाईँ भगवान् विष्णुसँगै लक्ष्मीको पूजा गर्दै हुनुहुन्छ भने सेतो चामलमा सिन्दुर लगाई पूजा गर्न सक्नुहुन्छ। साथै हनुमानजीलाई चामल चढाइँदैन । पछिल्लो समय यी कुराहरूमा विश्वास गर्नेको सङ्ख्या कम छ ।

अन्तर्राष्ट्रिय मिडियाको सहयोगमा 

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  १ : १८ बजे

टी–२० विश्वकप आजदेखि, उद्घाटन खेलमा पाकिस्तान र नेदरल्याण्ड्स भिड्ने

काठमाडौैं– आईसीसी टी–२० विश्वकपको १०औँ संस्करण आजदेखि भारत र श्रीलङ्कामा

खजुरा गाउँपालिकामा कानुन निर्माणले सेवा प्रवाहमा सहज

बाँके– बाँकेको खजुरा गाउँपालिकाले नयाँ कानुन बनाएर जनतालाई दिनुपर्ने सेवा

सङ्कटमा स्वास्थ्य बीमा : चलाउने की बन्द गर्ने दोधारमा सरकार

काठमाडौं- आम नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध

सडकका खाल्डाखुल्डी पुर्न ‘रेडिमिक्स’ तयार गर्दै सडक डिभिजन

चितवन– जिल्लाका मुख्य सडकमा हुने ससाना खाल्डाखुल्डी (पोटहोल) तत्काल पूर्ववत्

फिदिम नगरपालिका पूर्ण खोप सुनिश्चित घोषित

पाँचथर– पाँचथरको फिदिम नगरपालिका पूर्णखोप सुनिश्चित नगरपालिका घोषित भएको छ