‘हिरूलाल’को प्रिमियरमा झापाली प्रस्तोता र जुम्ली नेताबीच छेडखानी « Khabarhub

‘हिरूलाल’को प्रिमियरमा झापाली प्रस्तोता र जुम्ली नेताबीच छेडखानी


१९ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– म्युजिकल फिल्म ‘हिरूलाल’को प्रिमियर कार्यक्रम पत्रकार टीकाराम यात्री र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद्‌ ज्ञानेन्द्र शाहीबीच घोचपेच चल्यो ।

बानेश्वरमा एक हलमा भएको सो कार्यक्रमका सहजकर्ता थिए– कार्यक्रम प्रस्तोता टीकाराम यात्री । उनी झापाका हुन् । ‘हिरूलाल’ कर्णाली क्षेत्रको दुखान्तमा आधारित सामग्री भएकाले सोही क्षेत्रको जिल्ला जुम्लाका सांसद्‌ ज्ञानेन्द्र शाही अथितिका रूपमा आमन्त्रित थिए ।

सांसद शाहीलाई अथितिका रूपमा परिचित गराउँदै यात्रीले उनको बौद्धिकतामाथि व्यङ्ग्य गरे । उनको व्यङ्ग्यमा दुर्गम कर्णालीको समस्या संसद्मा पुर्‍याएकोमा प्रशंसा पनि थियो ।

यात्रीले भने, ‘विवेकभन्दा आवेग, ज्ञानभन्दा उत्तेजना नै सही मानी कर्णालीको समस्या संसद्‌मा पुर्‍याउने सांसद्‌ ज्ञानेन्द्र शाही पनि उपस्थित हुनुहुन्छ ।’

त्यसपछि यात्रीले पुनः ती हरफ दोहोर्‍याउँदै शाहीलाई सन्तुलित ढंगले उपस्थितमाझ परिचय गराएको दाबी गरे । यात्रीले चतुर ढंगले आफूलाई व्यङ्ग्य गरेको थाहा पाएर शाहीले जवाफ फर्काए, ‘झापाली न पर्नु भयो !’

उपस्थितिहरू खिस्स हाँसे । प्रस्तोता यात्रीले कुरा अन्तै मोडे । शाहीको छेउमै गायिका रचना रिमाल बसेकी थिइन् । यात्रीले उनी पनि कार्यक्रममा उपस्थित भएको जानकारी गराए ।

यात्रीले भने, ‘झापाली कुरा आइहाल्यो । सबैभन्दा सोझो झापाली भनेर उहाँलाई चिनिने गरेको छ है !’

देशको सुदूरपूर्वी जिल्ला झापा जन्मघर भएकाहरू शिक्षामा पहुँच र राजनीतिक प्रभावका कारण चतुर हुन्छन् भन्ने भाष्य छ । तर, झापाली भए पनि रचना ‘निर्दोषपना’कै कारण सामाजिक सञ्जालमा ‘मिम’ बनिरहेकी हुन्छिन् ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  ५ : ५६ बजे

वीरगञ्जमा भारतीय कारभित्र चार थान पेस्तोल बरामद

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका–१५ बास्तुबिहार चोकमा सशस्त्र प्रहरीले बेवारिसे

बुटवलमा विश्वकर्मा पूजाको रौनक, १५ सय बढी सवारीसाधन पूजा हुँदै (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा बुटवलको मैनाबगरस्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले

चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च नौ अर्बले बढी

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले

प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट

खोटाङ– जिल्ला प्रहरी कार्यालय खोटाङले महिनादिनअघि बरामद गरेको एक हजार

सहकारीको ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम

काठमाडौं– सहकारी संस्थाले सदस्यलाई प्रवाह गर्ने ऋणको अधिकतम ब्याजदर १३