फ्रिक्वेन्सी बक्यौता विवाद : पैसा नबुझाएपछि टाटाले रोक्यो एनसेललाई इन्टरनेट ब्यान्डविथ | Khabarhub Khabarhub

फ्रिक्वेन्सी बक्यौता विवाद : पैसा नबुझाएपछि टाटाले रोक्यो एनसेललाई इन्टरनेट ब्यान्डविथ


१९ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं भारतीय ब्यान्डविथ सप्लायर्स कम्पनी टाटाले एनसेललाई उपलब्ध गराउँदै आएको ब्यान्डविथ रोकिदिएको छ । एनसेलले लामो समयदेखि उक्त कम्पनीलाई बुझाउनुपर्ने शुल्क नबुझाएको भन्दै ब्यान्डविथ अवरुद्ध गरिदिएको हो ।

एनसेलले फ्रिक्वेन्सी प्रयोग बापत एक अर्ब बढी रकम नबुझाएपछि नेपाल दूरसञ्चार प्राधिकरणले एनसेललाई विदेशी मुद्रा सटहीको सुविधा दिएको छैन । जसले गर्दा ब्यान्डवीथ सप्लाई गर्ने भारतीय कम्पनीलाई शुल्क बुझाउन नपाउँदा ब्यान्डविथ आपूर्तिमा समस्या आएको एनसेलका अधिकारीले खबरहबलाई बताएका छन् ।

‘हामीले यससम्बन्धी समस्या गतहप्ता नै नेपाल दूरसञ्चार प्राधिकरणलाई जानकारी गराइसकेका छौं’, उनले भने जुन १७ देखि नै टाटा कम्पनीमार्फत भारत हुँदै आउने ब्यान्डविथ उसले रोकिदिएको छ ।’

सूचना प्रविधि तथा सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले एनसेलले फ्रिक्वेन्सीबापत बुझाउनुपर्ने बक्यौता नबुझाएको र सोही कारणले प्राधिकरणले मन्त्रालयसमक्ष मुद्रा सटहीको सिफारिस नगरेको बताए । उनले फ्रिक्वेन्सी बापत एनसेलले बुझाउनुपर्ने रकम बुझाएमा मुद्रा सटहीको सुविधा दिन समस्या नहुने बताए ।

एनसेलसँग जोडिएका धेरै मुद्दाहरू अहिलेपनि विभिन्न अदालतमा विचाराधीन अवस्थामा रहेका छन् । तर, एनसेल अधिकारीकका अनुसार अहिले देखिएको फ्रिक्वेन्सी सम्बन्धी बक्यौताको विषय भने अदालतसँग जोडिएको छैन ।

एनसेलले नै लिलाम बढाबढ प्रक्रियामार्फत कायम गरेको फ्रिक्वेन्सीको मूल्यअनुसार उसले प्राधिकरणलाई बुझाउनुपर्ने रकम नबुझाएको कारण प्राधिकरणले मुद्रा सटही रोकिदिएको जनाइएको छ ।

प्राधिकरणले २०७६ पुस २ गते पहिलोपटक १८०० मेगाहर्जको फ्रिक्वेन्सीमार्फत् बिक्री गरेको थियो । २०७८ बैशाख ५ मा एनसेलले वार्ताको माध्यमबाट ५ मेगाहर्ज फ्रिक्वेन्सी अक्सन मूल्यमा दिने निर्णय गरेको थियो । सोही प्रक्रियामा लागू भएको फ्रिक्वेन्सीको मूल्य प्रयोग भएको समयदेखिको बक्यौता रहेपछि १ अर्ब माथि पुगेको हो ।

एनसेलका अधिकारीका अनुसार एनसेलले अहिले अन्य ब्यान्डविथ प्रयोग गरेर सेवाग्राहीहरूलाई इन्टरनेट सेवा उपलब्ध गराइरहेको छ । तर, अन्य कम्पनीलाई पनि ब्यान्डविथ बापत बुझाउनुपर्ने रकम थप हुँदै गएकाले मुद्रा सटहीको समस्या अझै कायम रहेमा कम्पनीको इन्टरनेट सेवामा समस्या आउन सक्ने उनले बताए ।

‘अर्को व्यवस्था भएकाले अहिले प्रत्यक्ष रुपमा हाम्रो सेवामा असर त परेको छैन’, उनले भने, ‘तर, ब्यान्डविथ कस्ट अरुको पनि बढ्दै गएको छ, किनभने एनटिएले छ महिनादेखि विदेशी मुद्रा सटही सुविधा रोकिदिएको छ ।’

एनसेलसँग विभिन्न विषयमा राज्यसँग जोडिएका मुद्दाहरू अहिलेपनि विभिन्न अदालतमा विचाराधीन अवस्थामा रहेका छन् । पूर्व महालेखापरीक्षक टंकमणि शर्माको नेतृत्वमा एनसेलको खरिदबिक्री सम्बन्धी अध्ययन गरेको समितिले सार्वजनिक गरेको सारांश प्रतिवेदनअनुसार ‘एनसेल आजियाटाले नेपाल सरकार समेतलाई कर र गैरकर गरी तिर्नु, बुझाउनुपर्ने ८५ अर्बभन्दा बढी रकमको विषय विभिन्न तहका अड्डा, अदालतहरूमा मुद्दाका रूपमा विचाराधीन रहेको देखिएको’, छ ।

साथै एनसेलले २० वर्षमा नवीकरण गर्दा जेठ १५ गतेभित्र बुझाउनुपर्ने २० अर्ब रुपैयाँ मध्ये ४ अर्ब रुपैयाँ मात्रै बुझाउँदा सो कम्पनीलाई ३ खर्ब बढी जरिबाना लागिसकेको छ । जरिबानासहित आगामी भदौ १५ गतेभित्र नवीकरण शुल्क नबुझाएमा एनसेलको मोबाइल सेवाको अनुमतिपत्र समेत खारेज हुनसक्ने देखिएको छ ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  ७ : २३ बजे

गण्डकीको बजेट कृषिमा २ अर्ब ८ करोड

पोखरा– गण्डकी प्रदेश सरकारले कृषि तथा भूमि व्यवस्था मन्त्रालयका लागि

ब्रिफकेस छाडेर कपडाको झोलामा बजेट 

पोखरा– गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा टकराज गुरुङले प्रदेश

स्वास्थ्यकर्मी बीमा गराउँदै रुरुक्षेत्र गाउँपालिका, लगानी कोषसँग सम्झौता

काठमाडौँ – नागरिक लगानी कोष र लुम्बिनी प्रदेश, गुल्मी जिल्लाको

इरान र इजरायलमा रहेका सबै नेपाली सुरक्षित : परराष्ट्र

काठमाडौं- सरकारले इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षित रहेको

संसदभित्र रास्वपा नेतृत्वविहीन अवस्थामा देखियो : योगेश भट्टराई

काठमाडौं– नेकपा एमालेका सचिव योगेश भट्टराईले संसदभित्र रास्वपा नेतृत्वविहीन अवस्थामा