भारतको महाराष्ट्रमा जिका भाइरसका सङ्क्रमितको सङ्ख्या आठ पुग्यो « Khabarhub

भारतको महाराष्ट्रमा जिका भाइरसका सङ्क्रमितको सङ्ख्या आठ पुग्यो


१९ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली – भारतको पश्चिमी राज्य महाराष्ट्रमा जिका भाइरस सङ्क्रमणका आठ घटना रेकर्ड गरिएको अधिकारीहरूले बुधबार जानकारी दिएका छन् ।

स्वास्थ्य अधिकारीहरूका अनुसार पुणेमा छ जनामा जिका भाइरस सङ्क्रमण पुष्टि भएको छ भने अहमदनगर र कोल्हापुर जिल्लामा एक–एक जनामा सङ्क्रमण पुष्टि भएको छ ।

नेसनल इन्स्टिच्युट अफ भाइरोलोजी ९एनआइभी० का अधिकारीहरूले देशभरबाट एक सय छ नमूनाहरू प्राप्त गरेको र अहिलेसम्म आठ जनामा जिका भाइरस सङ्क्रमणको लागि सकारात्मक परीक्षण गरिएको जानकारी दिए।

मङ्गलबार साँझ पुणेमा ५५ वर्षीया महिलामा जिका भाइरसको सङ्क्रमण भेटिएपछि सङ्क्रमितको सङ्ख्या सात पुगेको छ । तर, पहिले पोजेटिभ भनिएको एउटा केस पछि नेगेटिभ पाइएको थियो ।

जुन २६ मा जिका भाइरस सङ्क्रमणको पहिलो केस एरन्डवानेमा रिपोर्ट गरिएको थियो । त्यहाँ ४६ वर्षीय चिकित्सकको रिपोर्ट पोजेटिभ आएको थियो । उनको १५ वर्षीया छोरीमा पनि पोजेटिभ देखिएको छ ।

सङ्क्रमितको सङ्ख्या बढेपछि स्वास्थ्य अधिकारीहरूमा चिन्ता बढेको छ । यद्यपि एनआइभीका अधिकारीहरूले महाराष्ट्रमा जिकाका केसहरू देखेर आत्तिनुपर्ने आवश्यकता नरहेको बताएका छन् ।

यसैबीच, पुणे नगर निगमले निगरानीलाई तीव्र पारेको र हालसम्म पुणे सहरको अपमार्केट आवासीय छिमेक कोथरुडमा १४ हजार तीन सय १४ जनामा सर्वेक्षण गरेको छ ।

अधिकारीहरूले दुई सय घरमा लामखुट्टे प्रजनन स्थलहरू पत्ता लगाइएको बताएका थिए । लामखुट्टेको प्रजनन रोक्न सतर्कता अपनाउन फगिङ र फ्युमिगेशनको काम थालिएको छ ।राम्ररी नढाकिएका पानीको कन्टेनरहरू खाली गर्न नागरिक निकायका अधिकारीहरूले बासिन्दाहरूलाई आग्रह गरेका छन् ।

जिका लामखुट्टेबाट सर्ने भाइरस हो । यो रोग एक हल्का, आत्म–सीमित रोग हो र यो ज्वरो, दाग र जोर्नी दुखाइसँगै सुरु हुन्छ ।

जिका भाइरस सङ्क्रमण लगभग ३० देशमा गम्भीर जन्म दोषहरूसँग जोडिएको छ । यसमा माइक्रोसेफली समावेश छ, जहाँ बच्चाहरू असामान्यरूपमा सानो टाउको र प्रतिबन्धित मस्तिष्क विकासका साथ जन्मिन्छन् ।यो भाइरस लामखुट्टेको टोकाइबाट सर्ने भए पनि यो यौन सम्पर्कबाट पनि सर्छ ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  ८ : ५८ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको