भारतको महाराष्ट्रमा जिका भाइरसका सङ्क्रमितको सङ्ख्या आठ पुग्यो « Khabarhub

भारतको महाराष्ट्रमा जिका भाइरसका सङ्क्रमितको सङ्ख्या आठ पुग्यो


१९ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली – भारतको पश्चिमी राज्य महाराष्ट्रमा जिका भाइरस सङ्क्रमणका आठ घटना रेकर्ड गरिएको अधिकारीहरूले बुधबार जानकारी दिएका छन् ।

स्वास्थ्य अधिकारीहरूका अनुसार पुणेमा छ जनामा जिका भाइरस सङ्क्रमण पुष्टि भएको छ भने अहमदनगर र कोल्हापुर जिल्लामा एक–एक जनामा सङ्क्रमण पुष्टि भएको छ ।

नेसनल इन्स्टिच्युट अफ भाइरोलोजी ९एनआइभी० का अधिकारीहरूले देशभरबाट एक सय छ नमूनाहरू प्राप्त गरेको र अहिलेसम्म आठ जनामा जिका भाइरस सङ्क्रमणको लागि सकारात्मक परीक्षण गरिएको जानकारी दिए।

मङ्गलबार साँझ पुणेमा ५५ वर्षीया महिलामा जिका भाइरसको सङ्क्रमण भेटिएपछि सङ्क्रमितको सङ्ख्या सात पुगेको छ । तर, पहिले पोजेटिभ भनिएको एउटा केस पछि नेगेटिभ पाइएको थियो ।

जुन २६ मा जिका भाइरस सङ्क्रमणको पहिलो केस एरन्डवानेमा रिपोर्ट गरिएको थियो । त्यहाँ ४६ वर्षीय चिकित्सकको रिपोर्ट पोजेटिभ आएको थियो । उनको १५ वर्षीया छोरीमा पनि पोजेटिभ देखिएको छ ।

सङ्क्रमितको सङ्ख्या बढेपछि स्वास्थ्य अधिकारीहरूमा चिन्ता बढेको छ । यद्यपि एनआइभीका अधिकारीहरूले महाराष्ट्रमा जिकाका केसहरू देखेर आत्तिनुपर्ने आवश्यकता नरहेको बताएका छन् ।

यसैबीच, पुणे नगर निगमले निगरानीलाई तीव्र पारेको र हालसम्म पुणे सहरको अपमार्केट आवासीय छिमेक कोथरुडमा १४ हजार तीन सय १४ जनामा सर्वेक्षण गरेको छ ।

अधिकारीहरूले दुई सय घरमा लामखुट्टे प्रजनन स्थलहरू पत्ता लगाइएको बताएका थिए । लामखुट्टेको प्रजनन रोक्न सतर्कता अपनाउन फगिङ र फ्युमिगेशनको काम थालिएको छ ।राम्ररी नढाकिएका पानीको कन्टेनरहरू खाली गर्न नागरिक निकायका अधिकारीहरूले बासिन्दाहरूलाई आग्रह गरेका छन् ।

जिका लामखुट्टेबाट सर्ने भाइरस हो । यो रोग एक हल्का, आत्म–सीमित रोग हो र यो ज्वरो, दाग र जोर्नी दुखाइसँगै सुरु हुन्छ ।

जिका भाइरस सङ्क्रमण लगभग ३० देशमा गम्भीर जन्म दोषहरूसँग जोडिएको छ । यसमा माइक्रोसेफली समावेश छ, जहाँ बच्चाहरू असामान्यरूपमा सानो टाउको र प्रतिबन्धित मस्तिष्क विकासका साथ जन्मिन्छन् ।यो भाइरस लामखुट्टेको टोकाइबाट सर्ने भए पनि यो यौन सम्पर्कबाट पनि सर्छ ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  ८ : ५८ बजे

मदन भण्डारी राजमार्ग : झापा, मोरङ र सुनसरीमा पुल निर्माण गरिँदै

झापा – राष्ट्रिय गौरवको आयोजनाको मदन भण्डारी राजमार्गअन्तर्गत पूर्वीखण्डमा पुल

गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता तनहुँमा हुने

तनहुँ – जिल्ला खेलकुद विकास समिति तनहुँको सदरमुकाम दमौलीमा गण्डकी

आईपीएल : मुम्बईविरुद्ध ब्याटिङ्ग गरिरहेको चेन्नईलाई तेस्रो झट्का

कामठाडौं – इन्डियन प्रिमियर लिग अन्तर्गत ३३औं खेलमा मुम्बई इन्डियन्स

इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत

किएभ – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि ९० अर्ब

सिरहामा मोटरसाइकलको ठक्करबाट पाँच वर्षीया बालिकाको मृत्यु

सिरहा – यहाँको चोहर्वा—सिरहा सडकखण्डअन्तर्गत नरहा गाउँपालिका—३ खोरिया टोलमा आज