आज २०८१ साल साउन १९ गते शनिबारको राशिफल « Khabarhub

आज २०८१ साल साउन १९ गते शनिबारको राशिफल


१९ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल साउन १९ गते शनिबार तदनुसार सन् २०२४ अगष्ट ३ तारिख। साउन कृष्ण पक्षको चतुर्दशी तिथि। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : दिन तपाईंले सोचेजस्तो नहुनसक्छ। खर्च बढ्ने योग छ। अप्ठेरो परिस्थितिमा तपाईंको पक्षमा न्याय प्राप्त हुनेछ। एकल लगानी नगर्नु राम्रो हुन्छ। साझेदारीमा लगानी गरेको भए व्यापारमा फाइदा हुनेछ। परिवारसँगको सम्बन्धमा खटपटी बढ्ने जोखिम छ।

वृष : तपाईंको प्रतिभा प्रदर्शन गर्ने दिन छ। बन्धुसँगको सहकार्यले फाइदा होला। लगानीका स्रोतमध्ये व्यापारमा नाफा हुनेछ। परिवारको न्यानो मायामा रमाउने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : बौद्धिक व्यक्तिसँगको भेटले मनमा उत्साह भरिने छ। धार्मिक कार्यमा सहभागी हुनाले संस्कार बुझ्ने मौका मिल्नेछ। व्यापारमा लाभ हुनेछ। परिवारसँगको छलफलमा गरेको काम सफल हुने योग छ। प्रेम सम्बन्ध सफल बन्नेछ।

कर्कट : तपाईंको क्षमता अनुसार हरेक काम बन्नेछ। साथीको माया र सद्भाव रहने योग छ। पश्चिमको लामो यात्रामा नजानु राम्रो हुन्छ। वैदेशिक क्षेत्रमा ठग सक्रिय भएकाले लगानी गर्नु अगाडि सचेत बन्नुपर्नेछ। परिवारमा भने खटपटी बढ्ने जोखिम देखिन्छ।

सिंह : कर्म बलियो छ। अचानक नसोचेको अवसर प्राप्त हुनेछ। प्राविधिक शिक्षामा फाइदा हुने देखिन्छ। नाक र घाँटीमा हुने समस्याबाट सचेत बन्नु राम्रो हुनेछ। श्रम गरेको ठाउँमा तपाईंको कामको प्रशंसा हुनेछ।

कन्या : आफन्तबाट साथ र सहयोग मिल्नेछ। राजनीतिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ। निर्णय क्षमता कमजोर हुँदा विवाद हुने जोखिम देखिन्छ। संकटमा परिवारको साथ र सहयोग राम्रो प्राप्त हुनेछ।

तुला : बोलीको माध्यमबाट धेरैको परोपकार गर्नुपर्ने हुनसक्छ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा लाभ होला। धार्मिक र सामाजिक सेवाको अवसर प्राप्त हुनेछ। पारिवारिक क्षेत्रमा भने बौद्धिक विवाद बढ्नेछ।

वृश्चिक : दिन सामान्य छ। खर्च बढ्ने योग छ। व्यापारमा मन्दी आउने छ। परिवारमा विचार नमिल्ने देखिन्छ। शिक्षाको लगानीबाट भने फाइदा होला। धार्मिक कार्यमा संलग्न भए दिन शान्त बन्नेछ।

धनु : राज्यको तर्फबाट डर र त्रास बढ्नसक्छ। गोपनीयता नखोल्नु राम्रो हुनेछ। लगानीका क्षेत्रमा आम्दानी राम्रो हुनेछ। धन आर्जनको समय छ। व्यापार र शिक्षामा लगानी गरेको भए नाफा हुनेछ।
सामाजिक क्षेत्रमा विवाद बढ्ने भएकाले सहभागी नहुनु राम्रो हुनेछ।

मकर : कला प्रदर्शन गर्ने दिन छ। परोपकारमा मन जानेछ। राजनीतिमा झुकाव बढ्नेछ। सामाजिक सेवाको मौका मिल्नेछ। पारिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। धन खर्च गर्ने कुरामा कटौती गर्नुपर्ने देखिन्छ।

कुम्भ : हरेक ठाउँबाट ठक्कर र अवरोध देखिने छन्। आफन्तले नै तपाईंको कुरा काट्नेछन्। शनि शान्ति गर्नु राम्रो हुन्छ। शिवको भजन मात्र सुनेमा दिन सहज बन्ने देखिन्छ। परिवारबाट शान्ति मिल्नेछ।

मीन : अवसर धेरै छन्। स्वास्थ्यमा सुधार हुनेछ। सामाजिक क्षेत्रमा प्रशंसा हुने योग छ। निर्णय क्षमता कमजोर हुँदा पश्चाताप गर्नुपर्ने हुनसक्छ। संकटमा परिवारको साथ मिल्नेछ।

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार  ५ : ११ बजे

ट्राफिक कारबाहीबाट एकैदिन २१ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन १०२ सवारीचालकलाई सवारी नियम उल्लङ्घनमा

‘भ्यूजका लागि सर्प उद्धार गर्दा ज्यानै जान्छ’

काठमाडौँ- नेपालमा पाइन सर्पका अधिकांश प्रजाति मानिसबाट टाढा बस्न रुचाउँछन्

पहिलो पटक विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा पहिलो पटक सहभागी राष्ट्र केप भर्डे

उरुग्वेलाई १–० गोलले हराउँदै स्पेन समूह विजेताको रुपमा फिफा विश्वकपको नकआउट चरणमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा स्पेन समूह ‘एच’ को

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

तनहु– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको