राज्य सुहाउँदो शिक्षा नीति निर्माणमा ढिलाई गर्नुहुँदैन : पूर्व शिक्षामन्त्री शर्मा « Khabarhub

राज्य सुहाउँदो शिक्षा नीति निर्माणमा ढिलाई गर्नुहुँदैन : पूर्व शिक्षामन्त्री शर्मा


१९ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्व शिक्षामन्त्री दीननाथ शर्माले राज्य सुहाउँदो शिक्षा नीति निर्माणका लागि ढिलाई गर्न नहुने बताएका छन् 

शनिबार रिपोटर्स क्लब नेपालले काठमाडौंमा गरेको साक्षात्कारमा उनले अहिलेको शिक्षा नीति राष्ट्रको अनुकूल नरहेको भन्दै राज्य सुहाउँदो शिक्षा नीति निर्माण गर्नुपर्ने बताएका हुन्  । 

आफू शिक्षामन्त्री हुँदा नीति परिवर्तनका लागि अध्यादेशसमेत ल्याएको बताउँदै उनले राजनीतिक परिस्थितिका कारणले सफल नभएको धारणा राखे । त्यस्तै, राम्रो श्रेणीमा पास भएका विद्यार्थीहरू नेपालमा नबसेको बताउँदै उनले यो राष्ट्रिय चिन्ताको विषय रहेको जिकिर गरे ।

त्यस्तै राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जिम्मेवार निकायहरूले आ–आफ्नो ठाउँमा सही जिम्मेवारी निर्वाह नगर्दा देशको शैक्षिक उपलब्धि खस्कँदो अवस्थामा पुगेको उल्लेख गरे । अब एकले अर्कोलाई दोष दिनेभन्दा पनि बिग्रिएको ठाउँबाट सुधारको प्रयास थाल्नुपर्ने उनको भनाइ छ । 

त्यस्तै हिसानका अध्यक्ष रमेश सिलवालले तीन वर्षको नतीजालाई तुलनात्मक रुपमा हेर्दा कक्षा १२ को परीक्षाफल राम्रो रहेको बताए  । साथै, शिक्षा क्षेत्रमा रिवार्ड एण्ड पनिसमेन्टको व्यवस्था नगरेसम्म नतिजा नसुध्रिने उनले बताए ।

अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले विद्यालयमा पठनपाठन भएको छैन भन्ने कुराको परिणाम नतिजाले देखाएको बताए  । संसारको अभ्यासलाई हेर्दा विद्यालयस्तरको परीक्षामा ५२ प्रतिशतमात्रै पास हुने कुरा लज्जास्पद रहेको उनले बताए । 

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार  ७ : ४३ बजे

‘रवि-बालेनजस्तै आफ्नै निर्णय अन्तिम सत्य ठान्ने प्रवृत्ति गगनहरूमा देखियो’

काठमाडौँ- गत पुसमा भएको दोस्रो विशेष महाधिवेशनपछि सिर्जित नेपाली कांग्रेसभित्रको

पहिरोले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

बागलुङ– पहिरोले कालीगण्डकी करिडोरको बागलुङ खण्डमा गए रातिदेखि आवतजावत अवरुद्ध

मुस्ताङको लेतेमा भन्सार छलीका अवैध सामान बरामद

मुस्ताङ– मुस्ताङ प्रहरीले भन्सार छली गरी पोखरातर्फ लैजाँदै गरिएको अवैध

‘ध्रुवे’ हात्तीलाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

चितवन– चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान

सप्तकोसीमा पानीको बहाव बढ्यो, २१ ढोका खोलिए

सुनसरी– वर्षा सुरु भएसँगै सप्तकोसीमा पानीको बहाव बढ्ने क्रम जारी