दीपक मनाङे भन्छन्- मलाई किन पैसा चाहियो र ? « Khabarhub

दीपक मनाङे भन्छन्- मलाई किन पैसा चाहियो र ?


१८ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गण्डकी प्रदेश सरकारका स्वतन्त्र सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ले मन्त्रालय बेच्ने कुरा कुरामा आफूले ठट्टामा भनेको बताएका छन् ।

सोमबार गण्डकी प्रदेशमा गरिएको मन्त्रालय बाँडफाँट स्वतन्त्र सांसद मनाङे असन्तुष्ट थिए । आफूले सम्हालिरहेको भौतिक मन्त्रालय नेकपा एमालेलाई दिएर वन मन्त्रालयमा सरुवा गरिएपछि उनी रिसाएका थिए। त्यहीकारण उनले मन्त्री पदबाट राजीनामा पनि दिइसकेका छन् ।

त्यसपछि उनले एकजना स्थानीय पत्रकारसँग गरेको फोन संवादको अडिओ बाहिरिएको थियो । उनले उक्त अडिओ संवादमा ३ करोडमा वन मन्त्रालय बेच्न लागेको बताएका थिए ।

मनाङेले कांग्रेसले डेढ करोड रुपैयाँ दिइसकेको अवस्थामा एमालेसँग बार्गेनिङ भइरहेको बताएका थिए ।

मंगलबार उनले खबरहबसँग कुराकानी गर्दै आफू तनावमा भएको बेला त्यो कुरा बोलेको बताए । उनले भने, ‘तनावमा थिएँ । एउटा भाइले फोन गरेछ, रेला गरेर बोलेको हो । ठट्टा गर्ने बानी छ । मलाई किन पैसा चाहियो र मन्त्रालय बेच्नू ?’

सोमबार नेकपा एमालेलाई सरकारमा सामेल गराउन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेलाई वन मन्त्रालयमा पठाएका थिए । तर उनले त्यसमा असन्तुष्टि जनाउँदै राजीनामा दिइसकेका छन् ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  २ : ०३ बजे

हाम्रो पार्टीले प्रतिशोधको राजनीति गर्दैन : रवि लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टीले

नेपाल आइपुगे बलिउड सुपरस्टार संजय दत्त (तस्बिरहरू)

काठमाडौं– नेपाल आइपुगे बलिउड सुपरस्टार संजय दत्त नेपाल आएका छन् । 

कोशि सरकारद्वारा मन्त्रिपरिषदको कार्यसम्पादनलाई सहयोग गर्न समिति गठन

काठमाडौं– कोशी प्रदेश सरकारले मन्त्रिपरिषदको कार्यसम्पादनलाई सहयोग गर्न विभिन्न समिति

सशस्त्रद्वारा विपद् व्यवस्थापनका लागि जनशक्ति तयार

टक्सार– भोजपुरमा विपद् व्यवस्थापनका लागि जनशक्ति तयार पारिएको छ ।