चट्याङको जोखिम न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण | Khabarhub Khabarhub

चट्याङको जोखिम न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण


१८ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सांसद सुशीला थिङले सिन्धुलीको मरिन गाउँपालिका–७ बाह्रबिसेमा चट्याङका कारण गोठालो जाँदा चन्द्रबहादुर माझीको मृत्यु भएको विषयमा सरकारको ध्यानाकर्षण गराएकी छन् ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै उनले भनिन्, ‘पहिलेको तुलनामा बढी चट्याङ पर्नाका कारण जलवायु परिवर्तन रहेछ, राष्ट्रिय विपत् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणको तथ्याङ्कअनुसार नेपालमा पछिल्लो १० वर्षमा २० हजार तीन सय ८० चट्याङ पर्दा आठ सय ६६ जनाले ज्यान गुमाउनु परेको रहेछ, दुई हजार पाँच सय ७५ जना घाइते भएको रहेछ ।’

उनले पछिल्लो १० वर्षभित्रमा चट्याङका कारण तीन हजार दुई सय ४५ पशुचौपायाको क्षति भएको र तीन हजार ७५ घर परिवार प्रभावित भएको तथ्यसमेत प्रस्तुत गरिन् ।

नेपाल प्रहरीको तथ्याङ्कअनुसार बर्सेनी औसतमा ७७ जनाले चट्याङको कारण ज्यान गुमाएको सांसद थिङको भनाइ छ ।

‘यो तथ्य हेर्दा कहालीलाग्दो भएका कारण सरकारले तत्काल चट्याङको जोखिम क्षेत्र अध्ययन गरी चट्याङको जोखिम न्यूनीकरण गर्न, न्यूनीकरणको उपाय तथा पूर्व तयारी तत्काल गरियोस् भनी म नेपाल सरकारसँग जोडदार माग गर्दछु’, उनले भनिन् ।

उनले पछिल्लो समयमा भएको अविरल वर्षाका कारण मदन भण्डारी राजमार्गको सिन्धुली जिल्ला कमलामाई नगरपालिका–१ अन्तर्गत २० मिटर सडक दुई फिट भासिँदा सडकमुनि रहेका पाँच घर जोखिममा परेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । उनले तत्काल उक्त सडक मर्मत गर्न सडक विभागको ध्यानाकर्षण गराउँदै उक्त जोखिममा रहेका घरपरिवारलाई उचित राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग जोडदार माग गरिन् ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  २ : ३४ बजे

बालुवाटारमा वर्षमानको प्रस्ताव: ०४६ पछि सार्वजनिक ओहोदामा बसेकाको सम्पत्ति छानबिन गरौँ

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले ०४६ पछि

दल र जेनजीका प्रतिनिधिलाई प्रधानमन्त्रीले भनिन्– म यहाँ रहरले आएको होइन

काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीले आफू सरकारको नेतृत्व लिन रहरले आएको

बालुवाटार बैठकपछि सागर ढकालः दललाई बाइपास गरेर जान सकिँदैन

काठमाडौँ– सागर ढकाल जेन जीको प्रतिनिधि बनेर प्रधानमन्त्रीको सरकारी निवासमा

सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिबीच बैठक : निर्वाचनसँगै सुशासन प्रवर्द्धनमा जोड

काठमाडौं – निर्वाचनको वातावरण बनाउनका लागि सरकार, राजनीतिक दल र

अब चुनाव प्रविधिमैत्री हुनुपर्छ : सागर ढकाल

काठमाडौं – जेन–जी आन्दोलनका अगुवाहरूले राष्ट्रपतिसँग औपचारिक सम्झौताको तयारी भइरहेको