‘गण्डकीमा मन्त्री पद नै बिक्रीमा रहेछ, प्रदेश संरचना खारेज गरौँ’ « Khabarhub

‘गण्डकीमा मन्त्री पद नै बिक्रीमा रहेछ, प्रदेश संरचना खारेज गरौँ’


१८ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद रोशन कार्कीले गण्डकी प्रदेश सरकारमा मन्त्री पद नै लिलामीमा चढेको बताएकी छन् ।

मंगलबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले त्यहीकारण राप्रपाले प्रदेश संरचना खारेजीको माग गरेको बताइन् ।

‘गण्डकी प्रदेशमा त मन्त्री पद नै लिलामीमा चढ्यो । यो के भएको हो ? त्यसैकारण राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश खारेज गरौँ, यो सेतो हात्ती नपालौं भनेको छ’, उनले भनिन्, ‘हामीले अब फेरि यस्तो गाईजात्रा हेर्नु नपरोस् ।’

गण्डकी प्रदेश सभाका स्वतन्त्र सदस्य राजीव गुरुङले मंगलबार मन्त्री पद बिक्रीमा रहेको बताएका थिए ।

यसअघि गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधारमन्त्री बनेका गुरुङले राजीनामा दिइसकेका छन् ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद्लाई पूर्णता दिँदै यसअघि भौतिक पूर्वाधारमन्त्री रहेका गुरुङको जिम्मेवारी हेरफेर गरेका थिए ।

उनलाई वन मन्त्रालयको जिम्मेवारी दिइएको थियो । वन मन्त्रालय अन्यभन्दा सानो रहेको भन्दै उनले राजीनामा दिएर सरकारबाट बाहिरिइसकेका छन् ।

त्यसपछि उनले मन्त्रालय बिक्रीमा रहेको भन्दै व्यंग्य गरेका थिए । गुरुङले कांग्रेसलाई भए डेढ करोड र एमालेलाई तीन करोडमा मन्त्रालय बेच्नेत बताएका थिए ।

तर उनले बुधबार खबरहबसँगको कुराकानीका आफूले ठट्टामा उक्त कुरा बोलेको स्पष्टीकरण दिए । आफूले मन्त्री पद छाडिसकेकाले अब रेल गरेको कुरालाई गम्भीर रुपमा नलिन मनाङेले भनेका छन् ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  २ : ४० बजे

निर्वाचनको वातावरण निर्माण गर्न नेता कोइरालाको आग्रह

विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१

गुटको राजनीति समाप्त भयो, अब सिङ्गो एमाले मात्रै छ : लेखराज भट्ट

काठमाडौं– नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीका आन्तरिक समस्या र

नेकपा कार्यकर्ताको आशा : पार्टी दीर्घकालीन र सबल बनोस् 

काठमाडौं– ‘दश वाम एक ठाम’ भन्ने नारासहित गत कार्तिकमा नेपाली

युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी

एजेन्सी – गत अक्टोबर देखि युद्धविराम सम्झौता लागू भए तापनि

सरकारलाई प्रचण्डको चेतावनी : पटक-पटक संविधान मिच्ने दुस्साहस नगर्नू

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन सार्ने