सञ्चारमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै रामहरिले भने- संसद्लाई जवाफ दिनुहोस् « Khabarhub

सञ्चारमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै रामहरिले भने- संसद्लाई जवाफ दिनुहोस्


१८ भदौ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नेपाल प्रहरीका ‘आइजिपीको जिब्रो थुत्नुपर्ने’ भनी सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

मंगलबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले मन्त्रीहरूले बोल्दा जिब्रोमा ब्रेक लगाउन आवश्यक रहेको बताउँदै सञ्चारमन्त्री गुरुङको अभिव्यक्तिबारे संसद्लाई जवाफ दिन माग गरे ।

उनले भने- ‘सञ्चारमन्त्रीज्यूले केही दिन पहिला नेपाल प्रहरीका आइजिपीको जिब्रो थुत्नुपर्छ भनेर अभिव्यक्ति दिनुभएछ । यो अभिव्यक्ति आपत्तिजनक छ । मन्त्रीहरूलाई म अनुरोध गर्न चाहन्छु– जिब्रोमा ब्रेक लगाइयोस् । अन्त कहाँ–कहाँ ब्रेक लगाउनुपर्ने हो ? लाग्दै गर्ला तर मन्त्रीहरूले जिब्रोमा ब्रेक लगाएर बोलियोस् । यसको जवाफ संसद्मा दिइयोस् ।’

गत शनिबार पोखरामा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री गुरुङले प्रहरी समायोजन सम्बन्धी विषयमा सोधिएको प्रश्नमा जवाफ दिँदै ‘आइजिपीको जिब्रो थुत्नुपर्ने’ अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्ति विवादमा परेपछि मन्त्री गुरुङलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्दा शब्द चयनमा ध्यान दिन सचेत गराएका थिए ।

प्रकाशित मिति : १८ भदौ २०८१, मंगलबार  ४ : ०० बजे

बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

बाँके– सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न

हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

बागमती– नागस्वतीस्थित वनदेवी मन्दिर हेटौँडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र