संविधानमा महिलाका अधिकार वास्तविक कार्यान्वयन जरुरी : राष्ट्रपति पौडेल « Khabarhub

संविधानमा महिलाका अधिकार वास्तविक कार्यान्वयन जरुरी : राष्ट्रपति पौडेल


१८ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र कानुनले महिलाहरूलाई प्रदान गरेका हक अधिकारको वास्तविक कार्यान्वयन जरुरी भएको बताएका छन् ।

प्रथम महिला सविता पौडेलले राष्ट्रपति भवन शीतल निवासमा  मंगलबार आयोजना गरेको हरितालिका तीजको शुभकामना आदानप्रदान कार्यक्रममा शुभकामना मन्तव्य राख्दै राष्ट्रपति पौडेलले महिलाहरूका लागि गरिने व्यवहारमा परिवर्तन हुनुपर्छ भन्ने सोच पनि बिस्तारै विकास हुँदै गएको बताए।

उनले भने-‘आज समाजमा धेरै परिवर्तन आइसकेको छ । महिलाहरूको अवस्था अब यस्तो छैन भन्ने मलाई लाग्दछ । नेपालको संविधान, ऐन कानुनमा महिला अधिकारको धेरै व्यवस्था भइसकेको छ । महिलाहरूका लागि गरिने व्यवहारमा परिवर्तन हुनुपर्छ भन्ने सोच पनि बिस्तारै विकास हुँदै छ । तर संविधान र कानुनले महिलाहरूलाई प्रदान गरेको हक अधिकारको वास्तविक कार्यान्वयन जरुरी छ ।’

उनले विभिन्न संस्कृति तथा चाडपर्वले देशको मौलिकता कायम गर्ने हुनाले यसको संरक्षण सम्वर्धन र निरन्तरतामा लागिरहनुपर्ने पनि उल्लेख गरे ।

कार्यक्रममा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, महिला मन्त्रीहरू, महिला सांसदहरू, विभिन्न ओहोदामा रहनुभएको उच्च पदस्थ महिला अधिकारीहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  ६ : २९ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले