बाढीपहिरो अपडेट : अहिलेसम्म २३३ जनाको मृत्यु, २२ बेपत्ता « Khabarhub

बाढीपहिरो अपडेट : अहिलेसम्म २३३ जनाको मृत्यु, २२ बेपत्ता


१७ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यही असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या २३३ पुगेको छ । विपदमा परेर अहिलेसम्म २२ जना बेपत्ता छन् भने १६९ जना घाइते भएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १२० जनाको उद्धार गरिएको छ ।

सरकारले उद्धार र सहायता परिचालनलाई उच्च प्राथमिकता दिएको तथा अवरुद्ध राजमार्ग मर्मत–सम्हार गरी यातायात सञ्चालन गर्न अथक प्रयास गरिरहेको छ ।

उद्धार, सडक पुनर्निर्माण तथा ट्रयाक खोल्नेका कामा सुरक्षाकमी अहोरात्र खटिरहेको तिवारीले जानकारी दिए ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहीबार  ७ : २८ बजे

फागुन ४ देखि १८ गतेसम्म चुनाव प्रचार–प्रसार गर्न पाइने

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि