गर्भवतीको हेलिकप्टरबाट उद्धार « Khabarhub

गर्भवतीको हेलिकप्टरबाट उद्धार


१७ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा– जिल्ला अस्पताल बाजुरामा प्रसूति सेवाका लागि आएकी एक किशोरीको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

जिल्लाको पूर्वीउत्तरी भेगको बूढीनन्दा नगरपालिका–९ की सितारा नेपालीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी रुपक मण्डलका अनुसार गर्भवतीको स्वास्थ्यस्थिति जटिल भएपछि जिल्ला अस्पतालले उनलाई सुविधासम्पन्न अस्पतालमा लैजान ‘रेफर’ गरेको हो ।

जिल्ला प्रशासन कार्यालयको पहलमा महिला तथा बालबालिका मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उनको उद्धार गरिएको हो । किशोरावस्थाकी गर्भवतीको ज्यान जोखिममा भएकाले उनलाई उद्धार गरिएको हो ।

हाडनाताकरणीको अभियोगमा किशोरीका मामालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहीबार  ११ : ५९ बजे

फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुई विद्यार्थीको मृत्यु

मनिला- दक्षिणी फिलिपिन्सको एक विद्यालयमा शुक्रबार एक विद्यार्थीले गोली चलाउँदा दुई

काठमाडौंको जडीबुटीमा ट्याङ्करको ठक्करबाट कांग्रेस महाधिवेशन प्रतिनिधिको मृत्यु

काठमाडौं– काठमाडौंको जडीबुटी चोकमा मोटरसाइकललाई ट्यांकरले ठक्कर दिँदा नेपाली कांग्रेसकी

कृषि तथा पशुपन्छी बिमामा ८० प्रतिशतसम्म प्रिमियम अनुदान

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले विपद्बाट कृषि क्षेत्रमा

आन्तरिक रोजगारीमा सबल बन्न सके मुलुक आत्मनिर्भर बन्छ : मन्त्री यादव

सप्तरी– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारी र